मुख्य समाचार
सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद |

रुपन्देही प्रहरीद्वारा तीन दिनमा १७ लाख ४१ हजार बराबरको अवैध सामान बरामद

Ujyalosandeshonline 12455+ समाचार ( )
३२ श्रावण २०८२, शनिबार

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पछिल्लो तीन दिनमा जिल्लाका विभिन्न स्थानबाट भन्सार छली गरी ल्याइएका १७ लाख ४१ हजार ६४५ रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ । प्रहरीले साउन २८, २९ र ३० गते सञ्चालन गरेको विशेष चेकजाँच अभियानका क्रममा उक्त मूल्य बराबरको सामान नियन्त्रणमा लिएको हो ।

बरामद गरिएका सामानहरूमा ठूलो परिमाणमा लत्ताकपडा, कुखुरा, किराना तथा खाद्य सामग्री, सवारीसाधन र अन्य विविध वस्तुहरू रहेका छन् । प्रहरीले लेडिज सुट, साडी, कुर्ता सुरुवाल जस्ता कपडाहरू, बोइलर कुखुरा, पाउडर दूध, मिठाई, मटर, पानी तान्ने मोटर, गमला, प्लाइ बोर्ड र खेलौना जस्ता सामग्री नियन्त्रणमा लिएको हो ।

अवैध सामान ओसारपसारमा प्रयोग भएका बस र मोटरसाइकलसहित केही चालक तथा संलग्न व्यक्तिहरूलाई पनि प्रहरीले पक्राउ गरेको छ । बरामद गरिएका सम्पूर्ण सामानहरू आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय र पशु क्वारेन्टाइन कार्यालय, बेलहियामा बुझाइएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा रुपन्देहीका प्रहरी प्रमुख (एसपी) प्रदीप बहादुर क्षेत्रीले जिल्लामा कुनै पनि प्रकारको अवैध गतिविधि र अपराधलाई निरुत्साहित पारिने बताउनुभएको छ । उहाँले भन्नुभयो, "अवैध गतिविधि र अपराध गर्छु भन्ने नसोचे हुन्छ । प्रहरीले कुनै हालतमा छोड्दैन ।"प्रहरीको सक्रियता बढेसँगै अवैध चोरी पैठारी नियन्त्रणमा आएकोमा स्थानीय बासिन्दाले खुशी व्यक्त गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार