मुख्य समाचार
भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने | खनिज पदार्थबाट राज्यलाई आर्थिक लाभ | पेन्ड्राइभसहित ५ लाख ३९ हजार बराबरको सामान बरामद | सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छः कृषिमन्त्री चौधरी | स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत | यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता |

नेपालको अटोमोबाइल उद्योगलाई प्रोत्साहित गर्न आयोजित नाडा अटो शो २०२४

Ujyalosandeshonline 12543+ समाचार ( )
३० श्रावण २०८१, बुधवार

काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपालले यस वर्षको प्रमुख अटोमोबाइल प्रदर्शनी टाटा इभी प्रस्तुत नाडा अटो शो २०२४ आयोजना गर्ने भएको छ । 

बुधबार पत्रकार सम्मेलन गर्दै कार्यक्रम अगस्ट २७ देखि सेप्टेम्बर १ सम्म काठमाडौंको भृकुटी मण्डप प्रदर्शनी स्थलमा आयोजना हुने जानकारी दिईएको हो । यस वर्ष, टाटा ईभी मुख्य प्रायोजक र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड सह–प्रायोजकको रुपमा रहेको छ । 

यस वर्षको प्रदर्शनीमा २४ चार पाङ्ग्रे ब्रान्डहरु, १९ हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू प्रदर्शन गरिनेछ । साथै, ३३ कम्पनी जुन लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरूमा विशेषज्ञ छन् र ७ वित्तीय संस्थाहरू विशेष रुपले अनुकूल वित्तीय समाधानहरू प्रदान गर्नेछन् । कुल मिलाएर, शोमा ९५ प्रदर्शकहरू सहभागी हुनेछन्, जसले १३० स्टलहरूमा आफ्ना उत्पादनहरू र सेवाहरु प्रदर्शन गर्नेछन् ।

शोमा हिरो जुम स्कूटरले बहुप्रतीक्षित डोर प्राइज प्रदान गर्नेछ भने खल्ली टिकेटिङ पार्टनरको रूपमा रहनेछ । वल्र्डलिंक आधिकारिक इन्टरनेट पार्टनर हुनेछ, हिट्को प्रा.लि. ले फायर सेफ्टी समर्थन प्रदान गर्नेछ भने सीसीटीभी नेपालले सम्पूर्ण आगन्तुकहरूको सुरक्षका लागि निगरानी गर्नेछ । 

टाटा ईभी प्रस्तुत नाडा अटो शो २०२४ले ६ दिनको अवधिमा करिब ७५,००० आगन्तुकहरूलाई आकर्षित गर्ने अपेक्षा गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार