दाउन्नेमा सडक भासिएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

Ujyalosandeshonline 11144+ समाचार ( )
१४ अशोज २०८१, सोमबार

परासी । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा सडक भांसिदा राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । बर्दघाट नगरपालिका– ४ , खुसार्नी खोलामा वर्षाको कारण हाइटेन्सन लाइनको पोल ढलेको र सडक किनारको केही भाग भासिन गएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी रेशम बोहोराले जानकारी दिए । 

सडक डेढ फिट भासिएको र बाँकी भाग पनि चर्किएकाले मर्मत सम्भारका लागि सडक डिभिजन कार्यालय चितवन र विद्युत प्राधिकरण संग समन्वय भइरहेको डीएसपी बोहराले बताए । 

प्रतिक्रिया

सम्बन्धित समाचार