मुख्य समाचार
विश्व पोलियो दिवस: भैरहवामा जनचेतनामूलक र्‍याली सम्पन्न | कर्णालीको सुर्खेतमा सवारी दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या उच्च | औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ | बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर | परम्परा जोगाउँदै ७३ वर्षीय रामबहादुर गन्धर्व | क्षतिग्रस्त सडकको पुनर्निर्माण र सुरक्षित आवास छिट्टै हुन्छ : मन्त्री लम्साल | स्कुटर चालक गुरुङको घटनास्थलमै मृत्यु | द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य | सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण : सिंचाइमा सहज | पुनःनिर्माणमा बजेटको कमी हुँदैनः मन्त्री लम्साल |

रवि थापा हत्या प्रकरण : आरोपीहरुले गरे आत्मसमर्पण

Ujyalosandeshonline 12582+ समाचार ( )
२९ असार २०८१, शुक्रबार

बुटवल । राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीका पूर्वसदस्य रवि थापाको हत्या घटनामा संग्लन दुई जना आरोपीहरुले प्रहरी समक्ष आत्मसमर्पण (सरेन्डर) गरेका छन् । गत जेठ २ गते बुटवलको कालिकानगर स्थित मोनटाना रेष्टुरेन्टमा बुटवल–७ का ३६ वर्षीय थापामाथी छुरा प्रहार गरिएको थियो । उपचारको क्रममा उनको असार १८ गते निधन भएको थियो ।

प्रराम्भिक अनुसन्धानमा घटनामा दुई जना बुटवलका किशोर कुँवर र कुस्मन कार्की संग्लन पाइएको र सोही दुई जनाले शुक्रवार आत्मसमर्पण गरेका रुपन्देहीको ईलाका प्रहरी कार्यालय बुटवलका डिएसपी विजयराज पण्डितले जानकारी दिए । आरोपीहरुले आत्मसमर्पण गरिसकेको अवस्थामा अनुसन्धान थप अघि बढाइने प्रहरीले जनाएको छ । 

बिहिवार मात्रै राष्ट्रिय युवा संघ, नेपाल रुपन्देहीले घटनामा संलग्न दोषीलाई कारवाहीको माग गर्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ज्ञापन पत्र बुझाएको थियो । ज्ञापन बुझ्दै अर्यालले घटनाबारे फेरी के भयो भन्ने प्रश्न गर्ने ठाउँ नदिने प्रतिवद्धता व्यक्त गरेका थिए । प्रहरीले अदालतबाट पक्राउ पूर्जी लिएर घटनामा संग्लन आरोपीहरुको खोजीकार्य जारी राखेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार