मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

शितगंगा नगरपालिकाद्वारा गाउँ-गाउँमा एकीकृत घुम्ती शिविर: १६ योजना सम्झौता, उपभोक्ता समितिलाई प्रशिक्षण

अनिल नेपाली 141+ समाचार ( )
१५ मंगशिर २०८२, सोमबार

अर्घाखाँची । शितगंगा नगरपालिकाले नागरिकलाई स्थानीय सरकारको प्रत्याभूति गराउन वडा नं. ६ (जुकेना) र वडा नं. ७ (जलुके) मा दोस्रो पटक ‘एकीकृत घुम्ती शिविर’ सञ्चालन गरेको छ । विशेष गरी ग्रामीण क्षेत्रका नागरिकलाई घरदैलोमै सेवा पुर्‍याउने उद्देश्यले आयोजित यस शिविरमा स्वास्थ्य जाँच, कृषि परामर्श र नगरपालिकाका प्रशासनिक कामबारे जानकारी गराइएको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले जानकारी दिए ।

शिविरका क्रममा योजना अधिकृत नुमलाल खनालले उपभोक्ता समितिहरूलाई पारदर्शिता, उत्तरदायित्व, सुशासन, आर्थिक व्यवस्थापन र कानुनी प्रक्रियाबारे प्रशिक्षण दिएका थिए । उनले योजनाहरूको गुणस्तर कायम राख्दै सार्वजनिक सुनुवाइ र नियमित अडिट गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा योजना शाखाकी लक्ष्मी भट्टराई र भूमकला भुसालले सहजीकरण गरेका थिए ।

शिविरमार्फत वडा नं. ६ र ७ मा करिब १६ वटा योजनाहरूको सम्झौता सम्पन्न भएको छ । ती योजनाहरू चैत मसान्तभित्र सम्पन्न गर्न उपभोक्ता समितिलाई निर्देशन दिइएको छ । वडा नं. ६ का अध्यक्ष ऋषिबहादुर घर्ती र वडा नं. ७ का अध्यक्ष देविराम घिमिरेले गाउँमै सहज सेवा उपलब्ध भएकोमा खुशी व्यक्त गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार