मुख्य समाचार
सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद |

सुस्त अर्थतन्त्रलाई चलायमान बनाउन महोत्सव सहयोगी हुने नगर प्रमुखको विश्वास

Ujyalosandeshonline 12455+ समाचार ( )
२७ पौष २०८२, आइतबार

अर्घाखाँची । अर्घाखाँची चेम्बर अफ कमर्सको आयोजनामा सदरमुकाम सन्धिखर्कस्थित कुँडुले फाँटमा आजदेखि ‘सातौँ अर्घाखाँची महोत्सव एवं कृषि, पर्यटन, संस्कृति, औद्योगिक तथा व्यापार मेला’ भव्य रूपमा सुरु भएको छ। आगामी माघ ११ गतेसम्म सञ्चालन हुने यस महोत्सवले जिल्लाको आर्थिक, सांस्कृतिक र पर्यटन क्षेत्रमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।

महोत्सवको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले यस मेलाले जिल्लाको सुस्त रहेको आर्थिक अवस्थालाई चलायमान बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले मेला स्थानीय कृषक र व्यवसायीहरूका लागि आफ्ना उत्पादनहरूलाई एकै ठाउँमा ल्याएर बिक्री-वितरण तथा प्रवर्द्धन गर्ने उचित माध्यम भएको बताउनुभयो। नगर प्रमुख श्रेष्ठले यस्ता मेला महोत्सवले स्थानीय स्तरमा उत्पादित वस्तुहरूदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका वस्तुहरूको प्रदर्शनी र किनबेचका लागि सहज प्लेटफर्म उपलब्ध गराउने धारणा राख्नुभयो।

मुलुकको हालको आर्थिक सुस्तताको समयमा अर्घाखाँची महोत्सवले व्यापारिक गतिविधि बढाउने र अर्थतन्त्रलाई गति दिनेमा जोड दिँदै, नगर प्रमुख श्रेष्ठले व्यवसायीहरूलाई कम मुनाफा राखेर गुणस्तरीय वस्तुहरू सर्वसाधारणलाई उपलब्ध गराउन समेत आग्रह गर्नुभयो।

महोत्सवमा स्थानीय कृषक र व्यवसायीका उत्पादनदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सामग्रीहरूको प्रदर्शनी र बिक्रीका लागि विविध स्टलहरू राखिएका छन्। मेला अवलोकन गर्न आउने दर्शकहरूको मनोरञ्जनका लागि दैनिक रूपमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहनेछ भने बालबालिकाहरूका लागि बाल उद्यानको व्यवस्था समेत गरिएको छ। छिमेकी जिल्लाहरू प्युठान, गुल्मी, पाल्पा र कपिलवस्तुबाट समेत उल्लेख्य दर्शकहरूको उपस्थिति रहने अपेक्षा गरिएको यस मेलाले स्थानीय उत्पादनको बजार प्रवर्द्धन गर्दै समग्र जिल्लाको अर्थतन्त्रलाई गति दिने विश्वास आयोजकले लिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार