मुख्य समाचार
त्रिशूलीमा भेटिएका बेवारिसे शवको व्यवस्थापन गरिँदै | चार राउण्ड हवाई फायर गरी १५८ ग्राम खैरो हेरोइनसहित दुई भारतीय पक्राउ | सामान लिन कोरला नाकातर्फ जाँदै कन्टेनर | नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै | ‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’ | जुम्लामा एक हजार ९०० क्विन्टल चामल मौज्दात | बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित | ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति | विपद् प्रभावितका लागि मोबाइल व्यवसायी संगठन रुपन्देहीद्वारा १ लाख १ हजार सहयोग | बाढीमा बेपत्ता भएकाका आफन्त शिक्षण अस्पतालमा पर्खाइमा |

रुपन्देहीमा प्रहरीको गोली लागेर भारतीय नागरिक घाइते, थप दुई पक्राउ

Ujyalosandeshonline 12198+ समाचार ( )
२६ असार २०८३, शुक्रबार

भैरहवा । रुपन्देहीको मायादेवी गाउँपालिका–५ स्थित गुरुवनियामा प्रहरीले प्रतिरक्षामा गोली प्रहार गरी हतियार र लागुऔषध सहित एक जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । भारततर्फबाट लागुऔषध ब्राउन सुगर र पेस्तोलसहित मोटरसाइकलमा आएका भारत उत्तर प्रदेशका अकबाल खानलाई पक्राउ गर्ने क्रममा प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्ण कुमार चन्दका अनुसार प्रहरीको गोली लागेर खानको खुट्टामा चोट लागेको छ । उनको साथबाट एक थान पेस्तोल, गोली, लागुऔषध ब्राउन सुगर र भारतीय नम्बर प्लेटको मोटरसाइकल बरामद गरिएको छ । बरामद लागुऔषधको परिमाण यकिन हुन बाँकी रहेको छ । यसैगरी, उक्त घटनामा संलग्न रहेको आशंकामा प्रहरीले थप दुई जनालाई समेत नियन्त्रणमा लिएको डीएसपी चन्दले जानकारी दिनुभयो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार