मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

निजी जमिनलाई ‘मध्यवर्ती क्षेत्र’घोषणा गरिएकोमा सांसदहरूको आपत्ति

Ujyalosandeshonline 12612+ समाचार ( )
३ असार २०८२, मङ्गलबार

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ सम्बन्धमा संशोधन प्रस्तावकर्तासँग छलफल गरेको छ ।

बैठकमा कानुन व्यवसायीहरूको अनुशासन, जिम्मेवारी र मिलापत्रसम्बन्धी विषयमा उठेका प्रश्नहरूबारे विशेष छलफल भएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले कानुन व्यवसायीहरूले उठाएका विषयहरू गम्भीर र जिम्मेवार रहेको बताउँदै यस्ता विषयमा निरन्तर छलफल आवश्यक रहेको धारणा राखे ।

मन्त्री चौरसियाले भने, ‘कुनै कानुन व्यवसायीले अनुशासनको कुरा उठाउनु भएको छ । जिम्मेवारीपूर्ण कुराहरू उठाउनु भएको छ । मिलापत्रको सम्बन्धमा पनि केही कुरा उठेका छन् । यसमा हामीले छलफल गर्दै जानुपर्छ ।’ बैठकमा नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौंलाले मध्यवर्ती क्षेत्रसँग सम्बन्धित विषयमा सांसदहरूको गहिरो चासो रहेको उल्लेख गर्दै नीजि जमिनलाई मध्यवर्ती क्षेत्र घोषणा गरिएको विषयमा आपत्ति जनाए ।

उनले भने, ‘मध्यवर्ती क्षेत्रमा निजी जमिनलाई समेत समेटेर घोषणा गरिएको छ, जसले गर्दा त्यो जमिनको मूल्यांकनमा समस्या छ । बैंकमा राख्दा पनि राम्रो मूल्य आउँदैन । त्यसैले यसको अनुगमन आवश्यक छ । तर यो विषय समितिमा बहसको रुपमा होइन, स्थलगत अनुगमन र योजनाको कार्यान्वयनका रूपमा अघि बढाइनुपर्छ ।’बैठकले नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयकसँगै मध्यवर्ती क्षेत्रको विषयमा छलफल गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार