मुख्य समाचार
सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद |

ओभरलोड नियन्त्रणमा कडाइ गर्न महानिरीक्षक थापालाई आग्रह

Ujyalosandeshonline 12455+ समाचार ( )
१२ श्रावण २०८२, आइतबार

काठमाडौँ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले सवारी साधनमा अत्यधिक भारवहन ओभरलोड नियन्त्रण गर्नका लागि ट्राफिक प्रहरी र नेपाल प्रहरीलाई प्रभावकारी निर्देशन दिन आग्रह गरेको छ ।महासंघका अध्यक्ष हिरालाल श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले प्रहरी महानिरीक्षक दिपक थापासँग भेट गर्दै ज्ञापनपत्र बुझाएको हो ।

महासंघका महासचिव राजेन्द्र बिक्रम बाँनियाँका अनुसार सवारी तथा यातायातसम्बन्धी ऐन, नियम र मालवाहक सवारीको भारवहन नियमन सम्बन्धी निर्देशिका २०७४ को प्रभावकारी कार्यान्वयन हुन नसक्दा ओभरलोड प्रवृत्ति बढिरहेको छ । ‘स्वदेशी तथा विदेशी ट्रकहरूले लोड सिट विना तोकिएको भन्दा बढी भार बोक्ने, र सामान्य जरिवाना तिरेर सवारी सञ्चालन गर्ने प्रवृत्तिले कानुनको सम्मान हुँदैन,’बाँनियाँले भने ।

ज्ञापनपत्रमा ट्राफिक प्रहरीले चेकजाँच गरिरहे पनि न्यून जरिवानाका कारण समस्या समाधान नभएको उल्लेख गरिएको छ । महासंघले ओभरलोड गर्ने ट्रकलाई यातायात कार्यालयमा चलान गर्न वा निर्देशिकाअनुसार सामान अनलोड गराई भार मिलान गर्न कडाइका साथ व्यवस्था गर्नुपर्ने माग राखेको छ ।

महासंघले हालै सञ्चालनमा ल्याएको भारवहन नियमन सफ्टवेयरु लाई प्रभावकारी बनाउन ट्राफिक प्रहरीको सहकार्य आवश्यक रहेको पनि जनाएको छ ।भेटमा प्रहरी महानिरीक्षक थापाले ओभरलोड समस्या गम्भीर भएको स्वीकार गर्दै यस विषयमा आवश्यक कदम चालिने प्रतिबद्धता व्यक्त गरे । 

उनले भने, ‘यातायात प्रणालीलाई सुरक्षित, व्यवस्थित र कानुनअनुसार बनाउने हाम्रो लक्ष्य हो । महासंघको चासो जायज छ, ट्राफिक प्रहरीलाई आवश्यक निर्देशन दिइनेछ ।’महासंघले प्रहरी महानिरीक्षकमार्फत सातै प्रदेशका प्रहरी प्रमुख तथा ट्राफिक प्रहरीलाई निर्देशन दिन विशेष आग्रह गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार