मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

निधान चन्द्र श्रेष्ठ स्मृति शैक्षिक पुरस्कार वितरण

Ujyalosandeshonline 11768+ समाचार ( )
७ फाल्गुन २०८०, सोमबार

भैरहवा । भैरहवाका प्रतिष्ठित समाजसेवी स्वर्गीय निधान चन्द्र श्रेष्ठको स्मृतिमा २ जना जेहनदार विद्यार्थीहरूलाई पुरस्कार बितरण गरिएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरि भैरहवा मर्निङ्ग वाक ग्रुपले पुरस्कार प्रदान गरेको हो ।

भैरहवा नमूना माध्यमिक विद्यालयमा अध्ययनरत मुस्कान यादव र बुद्ध मोक्तान जनही नगद ८ हजार रुपैयाँ सहित पुरस्कृत भएका हुन् । २००७ साल फागुन ७ गते जन्मिएका निधान चन्द्र श्रेष्ठको स्मृतिमा उनकै जन्मदिवसको अवसर पारेर भैरहवा मर्निङ्ग वाक ग्रुपले पुरस्कार प्रदान गर्दै आएको छ ।

श्रेष्ठको स्मृतिमा २ लाख ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरि त्यसैको ब्याजबाट प्रत्येक वर्ष १ जना जेहनदार छात्र र १ जना जेहनदार छात्रालाई पुरस्कार प्रदान गर्दै आएको ग्रुपका अध्यक्ष विजय गोविन्द श्रेष्ठले बताए । विगत २ वर्षहरूमा एक जनालाई मात्र पुरस्कृत गर्दै आएकोमा यस बर्ष देखि २ जनालाई पुरस्कार दिने निर्णय भएको उनले बताए । सामुदायिक विद्यालयको छनौट गोलाप्रथाबाट गरिएको र छानिएको विद्यालयको सिफारिसमा पुरस्कार प्रदान गर्ने गरिएको उनले बताए ।

पुरस्कार समर्पण कार्यक्रममा वक्ताहरूले स्वर्गीय निधान चन्द्रको योगदान बारे चर्चा गरेको थिए । मेलम्चीमा २००७ साल फागुन ७ गते जन्मिएका श्रेष्ठको पाल्पामा पालनपोषण भएपनि उनको कर्मथलो भैरहवा रहेको थियो । भैरहवाका कयौँ  सामाजिक संस्थाहरूमा संलग्न उनी यस क्षेत्रकै प्रतिष्ठित व्यवसायी एवम् समाजसेवीको रुपमा रहेका थिए । उनको २०७५ भदौ २२ गते निधन भएको थियो ।

भैरहवा मर्निङ्ग वाक ग्रुपका अध्यक्ष विजय गोविन्द श्रेष्ठको अध्यक्षता, वडा नम्बर ५ का वडा अध्यक्ष पुरन प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमामा सम्पन्न पुरस्कार समर्पण कार्यक्रममा भैरहवा नमूना विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आनन्द प्रसाद गुप्ता, प्राचार्य चुन्न प्रसाद पाण्डे, पूर्व अध्यक्ष नारायण प्रसाद अग्रवाल, वडा सदस्य सरस्वती श्रेष्ठले बोलेका थिए । कार्यक्रम ग्रुपका उपाध्यक्ष राजु नारायण श्रेष्ठको स्वागत एवम् सचिव वनमाली निराकारको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार