मुख्य समाचार
रुपन्देहीमा २७ लाखभन्दा बढीको अवैध सामानसहित भारतीय कार बरामद | नेपाली कांग्रेसद्वारा देशव्यापी ‘हामी तयार छौँ’ अभियान सञ्चालन हुने | रुपन्देहीमा सशस्त्र प्रहरीद्वारा ६ लाख बढीको अवैध सामान बरामद | कावासोतीमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते | उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिवसीय छठ पर्व विधिवत् रूपमा सम्पन्न | साढे चार लाखभन्दा बढी मूल्यको अवैध चराको प्वाख र मोटरसाइकलसहित चालक नियन्त्रणमा | छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने |

परिवार तथा आफन्तलाई सम्पर्कमा आउन सिटी हस्पिटलको आग्रह

Ujyalosandeshonline 12679+ समाचार ( )
६ जेठ २०८१, आइतबार

भैरहवा । उपचारमा क्रममा बिरामीको मृत्यु भएको एक साता भन्दा बढी बित्दासमेत परिवार तथा आफन्त सम्पर्कमा नआएपछि मृतकको शव अस्पतालमै छ । शव अस्पतालमै भएपछि सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि.भैरहवा, रुपन्देहीले मृतकको परिवार तथा आफन्तलाई सम्पर्कमा आउन आग्रह गरेको छ । 

गत २०८० वैशाख २६ गते राती ८ः२७ बजे सिद्धार्थनगर नगरपालिका–९ का ४२ वर्षिय विक्रम पौडेल उपाध्यलाई अस्पतालको आकस्मिक कक्षमा ल्याइएको निर्देशक डा. अमित चर्तुेवेदीले बताए । ‘बिरामीलाई लिएर आउनुभएकी अमृता पौडेल केही समयपछि घरबाट केही सामान लिएर आउँछु भन्नुभयो तर, त्यसपछि फर्कनुभएन, ’उनले भने । डा. चर्तुवेदीका अनुसार अस्पतालमा आएका बिरामीमा स्वासप्रस्वासको समस्या र शरीरमा अक्सिजनको कमी रहेको थियो ।‘ अमृताले बिरामीलाई तीन महिनादेखि ज्वरो आएको बताएको डा. चर्तुवेदीले बताए । 

उनले भने, ‘बिरामी आफ्नै घरमा कुर्सीबाट लडेर घाइते भएपछि उनको टाउकोमा रक्तश्राव भएको थियो । मधुमेह, टाईफाईड, छातीमा निमोनिया रहेको पाइएपछि बिरामीलाई आईसीयूमा राखेर उपचार गरिएको थियो । गम्भिर बिरामी परेका विक्रमको उपचारको क्रममा वैशाख २८ गते बिहान २ः४० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । डा. चतुवेर्दीले अमृता पौडेलले बिरामी आफ्नो दाइ भएको बताएको जानकारी दिए । 

अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेलले मृतकको परिवार तथा आफन्त आफन्त सम्पर्कमा नआउँदा शव अस्पतालमै रहेको र शव जिम्मामा लगाउन नसकिएको बताए । उनले भने, ‘अस्पतालमा आउने बिरामीलाई उपचार गर्नु हाम्रो दायित्व हो । उपचारका क्रममा बिरामीको निधन भयो । तर, हालसम्म पनि बिरामीसँगै आएकी अन्दाजी ५५ वर्षिय अमृता पौडेल हालसम्म पनि सम्पर्कमा आउनुभएको छैन । अमृताज्यूको मोबाइल नम्बरमा फोन गर्दा फोन उठेको छैन ।’

पौडेलले अमृतालाई फेला पार्नुहुने व्यक्तिलाई टोल फ्रि नम्बर १६६०७१५२००६ वा ०७१–५७६३७५, ९७४६४०२४९० सम्पर्क गर्न आग्रह गरे । अस्पतालले बिरामीको परिवार तथा आफन्तजनलाई तत्काल सम्पर्कमा आउन आग्रह गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार