मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

दुई वर्षभित्र ‘वाम नेकपा’ सम्भव छः महासचिव भुसाल

Ujyalosandeshonline 11768+ समाचार ( )
१४ माघ २०८०, आइतबार

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले छरिएर रहेका कम्युनिष्ट र समाजवादी पार्टीहरुको एकता आवश्यक भएको बताएका छन् । 

सबै समाजवादी र वामपन्थी पार्टीलाई एकताबद्ध गर्ने प्रयास भइरहेको पनि बताए । । समाजवादमा विश्वास राख्ने र बामपन्थी दलहरुलाई एकता गराइ नेकपा समाजवादी बनाउन सकिने तर्क गरे । उनले त्यसका लागि नेकपा एसले बलियो संकल्पका साथ अघि बढे दुई वर्षभित्रमा देशले ‘बाम नेकपा’ पाउने बताए । 

आइतबार नेकपा एसको केन्द्रीय परिषद्को दोस्रो बैठकमा बोल्दै महासचिव भुसालले नेकपा एसको सिद्धान्त, नीति र विचारमा स्पष्ट रहेको साथै सच्चा कम्युनिष्ट भएको उल्लेख मात्र गरेनन् छरिएर रहेका कम्युनिष्ट र समाजवादी पार्टीको एकता हुनुपर्नेमा जोड दिएका हुन् । 

उनले भने, ‘आगामी दिनमा हामी सिद्धान्त र निष्ठापूर्वक एक ठाउँमा उभिन्छौ र अगाडि बढ्छौं । सिद्धान्त, राजनीति र परिचालनको लपेटमा देशका अरु समाजवादी वामपन्थीहरुलाई हामी एक ठाउँमा ल्याउँछौ । डेड–दुई वर्षमा मुलुकलाई एउटा बाम नेकपा दिन्छौं भन्ने संकल्पका साथ अघि बढ्यौं भने निशन्देह हामीले त्यो पूरा गर्न सक्छौं ।’

भुसालले पार्टीको विधान देश र जनता भन्दा माथि हुनुपर्नेमा जोड दिए । साथै उनले पार्टीलाई एकताबद्ध गर्नलाई आन्तरिक जनवाद आवश्यक हुने र त्यसका लागि समय सापेक्ष प्रविधिको प्रयोग गर्दै आन्तरिक जनवादलाई वृद्धि गरी लोकतान्त्रिक हुनुपर्ने उल्लेख गरे । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार