मुख्य समाचार
रुपन्देहीमा २७ लाखभन्दा बढीको अवैध सामानसहित भारतीय कार बरामद | नेपाली कांग्रेसद्वारा देशव्यापी ‘हामी तयार छौँ’ अभियान सञ्चालन हुने | रुपन्देहीमा सशस्त्र प्रहरीद्वारा ६ लाख बढीको अवैध सामान बरामद | कावासोतीमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते | उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिवसीय छठ पर्व विधिवत् रूपमा सम्पन्न | साढे चार लाखभन्दा बढी मूल्यको अवैध चराको प्वाख र मोटरसाइकलसहित चालक नियन्त्रणमा | छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने |

जुम्लामा १०२८ जनाले पाए घरदैलो निःशुल्क स्वास्थ्य सेवा

Ujyalosandeshonline 12679+ समाचार ( )
६ फाल्गुन २०८१, मङ्गलबार

मुगु । कर्णाली प्रदेशको जुम्लाको हिमा गाउँपालिका–५ स्थित प्राथमिक स्वास्थ्य केन्द्र कालिकाखेतुमा सञ्चालित तीन दिने निशुल्क स्वास्थ्य शिवरमा एक हजार २८ जनाले सेवा लिएका छन् । हिमा गाउँपालिकाको आयोजना र कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय, सुर्खेतको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा हिमा, सिंन्जा गाँउपालिका र कालीकोटको नाग्मामा बस्ने नागरिकले सेवा लिएका हुन् ।

फागुन ३–४ गतेसम्म सञ्चालित शिविरमा महिला ७०९ जना र पुरुष ३१९ जनाले सेवा लिएको हिमा गाउँपालिका स्वास्थ्य शाखाका सहसंयोजक गोविन्द भण्डारीले बताए । स्वास्थ्य शाखा प्रमुख भण्डारीका अनुसार स्त्री तथा प्रसुति, हाडजोर्नी, नाक कान, घाटी, रेडियोलोजी, मानसिक, छाला र बाल रोगलगायत अन्य सेवाका २१ जना विशेषज्ञ चिकित्सकले सेवा दिएका समेत बताएका छन् ।

१० जना चेकजाच गराउन आएका नागरिकको थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा रेफर गरिएको छ । दुई दिने शिविर सम्पन्न पश्चात बाँकी औषधि तथा अन्य सामग्री प्राथमिकता स्वास्थ्य केन्द्र कालीका खेतुमा हस्तान्तरण गरिएको हँुदा आउदा दिनमा यस केन्द्रमा उपचार गराउन आउने नागरिकको लागि राहत हुने समेत बताएका छन  ।

नागरिकको घरदैलोमै दुई दर्जन विशेषज्ञ चिकित्सकको उपस्थितिमा निशुल्क स्वास्थ्य शिविरमार्फत विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्नको लागि कर्णाली प्रदेश सामाजिक बिकास मन्त्रालय धेरै पटक पहल गर्दा शिबिर सन्चालनमा पालिकाको आयोजना र कर्णाली प्रदेश सामाजिक बिकास मन्त्रालयको आर्थिक तथा प्राविधिक सहयोगमा पालिकाा भित्र रहेका नागरिकहरुको केही स्वास्थ्य क्षेत्रमा सुधार ल्याउनको शिबिर सन्चालन गरिएको  हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीले बताए । 

निशुल्क स्वास्थ्य शिबिरमा वाथरोग, हाडर्जोर्न, ग्याष्टिक ,महिलाको लल्लो पेट दुख्ने, दम, आँखा, दात, कान, पाइल्स सम्बन्धिका बढी बिरामीहरु भेटिएको कर्णाली प्रदेश सामाजिक बिकास मन्त्रालयमा डाक्टर लक्ष्मी नारायण तिवारीले बताएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार