मुख्य समाचार
त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन | डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु | दीप प्रज्वलन गरी धकधईमा मनाइयो नमुना माध्यमिक विद्यालयको वार्षिक उत्सव | बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल | कर्णालीका नागरिकलाई आश्वासन होइन परिणाम चाहियो : सांसद ज्ञानु पौड्याल | घटनामा दोषी देखिएकालाई कारबाही हुन्छः मन्त्री यादव | कर्णाली प्रदेशका पूर्व कानूनमन्त्री शाहीको निधन | बयानब्बे जनामा डेङ्गु सङ्क्रमण | रसुवा बाढीः १५ जनाको सनाखत, तीन हजार ७०० बढी अझै बेपत्ता | पाल्पामा प्रहरीको विशेष चेकिङ : मापसे चालकविरुद्ध सार्वजनिक हितविरुद्धको मुद्दा |

सप्तरी घटना अपडेटः निष्पक्ष छानबिनको माग गर्दै प्रदर्शन

Ujyalosandeshonline 12334+ समाचार ( )
२२ श्रावण २०८२, बुधवार

रौतहट । सप्तरीको कमलपुरमा गएराती भएको घटनाको निष्पक्ष छानबिनको माग गर्दै राजविराजमा प्रदर्शन भइरहेको छ । राजगढ गाउँपालिका–२ कमलपुरमा मंगलबार राति मदिरा तस्करी रोक्न पुगेका प्रहरी र स्थानीयबिच झडपको क्रममा प्रहरीले चलाएको गोली लागेर स्थानीय  ३६ वर्षीय लालु यादवको मृत्यु भएको हो । 

घटनाको निष्पक्ष छानबिनको माग गर्दै केही बेर अघिदेखि मृतकका आफन्तहरू सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । राजविराजमा भएको प्रदर्शनलाई मध्यनजर गर्दै ठाँउ ठाँउमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

मंगलबार मध्यराति तस्करी भइरहेको  सूचनाका आधारमा खटिएका प्रहरीमाथि केही स्थानीयले ढुंगामुढा गर्न थालेपछि झडप भएको थियो ।ढुङ्गामुढाबाट दुई प्रहरी पनि घाइते भएका छन् । यस  घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार