मुख्य समाचार
मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग | बुटवलमा ‘रैथाने सीप, कला र उत्पादन प्रदर्शनी’ हुने, ५५ स्टल रहने | मुलुकभर दोस्रो आर्थिक गणना सुरु : १५ लाख व्यावसायिक प्रतिष्ठानको विवरण सङ्कलन गरिँदै | डोकोको व्यापार | डिजेल र मट्टितेलको मूल्यमा भारी वृद्धि, प्रतिलिटर ३० रुपैयाँ बढ्यो | पूर्वाधार थपिँदा पर्यटक आकर्षित | सय रुपैयाँभन्दा बढीका सामानमा अनिवार्य भन्सार, निजी क्षेत्रको स्वागत | सात करोडमा बन्यो जिल्ला प्रशासन कार्यालय नवलपरासी भवन | जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र पनि नागरिक एपमा उपलब्ध हुने | सम्मरीमाई शीतभण्डार निर्माणमा भ्रष्टाचार : लुम्बिनीका तत्कालीन सचिव अधिकारीसहित १६ जनाविरुद्ध मुद्दा |

रूपन्देही सुपरलिगः तिलोत्तमा क्रिकेट क्लब सेमिफाइनलमा

Ujyalosandeshonline 10996+ समाचार ( )
२४ माघ २०८१, बिहीबार

भैरहवा । तिलोत्तमा क्रिकेट क्लबले बुटवल राइनोजलाई पराजित गर्दै भैरहवामा जारी रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । प्रतियेगिता अन्तर्गत बिहीबार भएको ‘ए’ डिभिजनको खेलमा तिलोत्तमाले बुटवल राइनोजलाई ३ विकेटले पराजित गरी सेमिफाइनल पुगेको हो । प्रतियोगितामा यसअघि तिरुपति क्रिकेट क्लब सेमिफाइनल पुगिसकेको छ ।

जितका लागि पाएको ६७ रनको सामान्य लक्ष्य तिलोत्तमाले १० ओभर २ बलमा ७ विकेट गुमाएर पूरा गर्यो । उसको जितमा सन्दीप यादवले १५ तथा कृष्ण भुसालले अविजित १५ र दिलसाद अलीले नटआउट १२ रनको योगदान गरे । बलिङमा बुटवल राइनोजका नितिन त्रिपाठी र इमरान शेषले २–२ तथा सुरज सारु र सुनिल गुरुङले १–१ विकेट लिए ।

यसअघि भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको बुटवल राइनोजले निर्धारित ५० ओभरमा २८ ओभर १ बल खेल्दै सबै विकेट गुमाएर जम्मा ६६ रन बनाएको थियो । उसका लागि रोजन क्षेत्रीले सर्वाधिक १६ र सुमित बुढाथोकीले १० रन बनाए पनि अन्य ब्याटर भने चल्न सकेनन् । बलिङमा उसलाई सस्तैमा रोक्न तिलोत्तमाका आशुतोष पाण्डेले ३ तथा विपिन खत्री, कृष्ण कार्की र सागर भण्डारीले समान २–२ विकेट हात पारे । खेलमा आशुतोष पाण्डे प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।

रुपन्देही क्रिकेट संघको आयोजना र सिद्धार्थनगर नगरपालिकाको सहप्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, हरेक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ पाउने संघका कोषाध्यक्ष तथा खेल संयोजक निरजप्रताप खाँणले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार