मुख्य समाचार
हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित |

गणतन्त्र दिवसमा अनेरास्ववियुद्वारा भैरहवामा दीप प्रज्जवलन

Ujyalosandeshonline 12444+ समाचार ( )
१६ जेठ २०८१, बुधवार

भैरहवा । नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) भैरहवा बहुमुखी क्याम्पस कमिटी र सिद्धार्थनगर नगर कमिटी, रुपन्देहीले दीप प्रज्जवलन कार्यक्रम गरेको छ । १७ औं गणतन्त्र दिवसको अवसरमा मंगलबार साँझ भैरहवास्थित बुद्धचोकमा दीप प्रज्जवलन कार्यक्रम गरिएको  (अनेरास्ववियु) भैरहवा बहुमुखी क्याम्पस कमिटीका अध्यक्ष विवेक भण्डारीले बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि अनेरास्ववियुका केन्द्रीय सदस्य सागर न्यौपानेले हजारौंले बलिदान दिएर मुलुकमा आएको गणतन्त्र उपलब्धी संस्थागत गर्दै जानुपर्नेमा जोड दिए । भैरहवा बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) अध्यक्ष समेत रहेका न्यौपानेले भने, ‘गणतन्त्र नागरिकको आफ्नै व्यवस्था हो । यो व्यवस्थालाई अझ बलियो बनाउनुपर्छ ।’

अनेरास्ववियु भैरहवा बहुमुखी क्याम्पस कमिटीका अध्यक्ष विवेक भण्डारी र अनेरास्ववियु सिद्धार्थनगर नगर कमिटीका अध्यक्ष के.एल. पाण्डेको अध्यक्षता तथा नगर सचिव संजोग बस्यालको सञ्चालनमा भएको कार्यक्रममा अनेरास्ववियु लुम्बिनी प्रदेश उपाध्यक्ष एवं पूर्व वडा सदस्य सरोज ठकुरी, अनेरास्ववियु जिल्ला तथा नगरका नेताहरु तथा स्ववियु पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार