मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

बालबालिकाको पढाइलाई उच्च महत्व दिन अर्थमन्त्रीको आग्रह

Ujyalosandeshonline 12321+ समाचार ( )
२२ माघ २०८०, सोमबार

नुवाकोट । अर्थमन्त्री डा. प्रकाशशरण महतले बालबालिकाको शिक्षालाई प्राथमिकता राख्न अभिभावकहरुलाई आग्रह गरेका छन् ।

नुवाकोट दुप्चेश्वर–२ गाउँखर्कस्थित वीरेन्द्र माध्यमिक विद्यालयको ३५ औं वार्षिकोत्सवलाई सोमबार सम्बोधन गर्दै उनले ज्ञान कसैले पनि खोस्न नसक्ने भन्दै पढाइमा ध्यान दिन आग्रह गरेका हुन् ।

उनले भने, ‘कम्प्युटर शिक्षा विद्यार्थीलाई सानैबाट दिनुपर्छ । इन्टरनेट र कम्प्युटर भयो भने विद्यार्थीले धेरै कुरा सिक्न सक्छन् । शिक्षक पनि कम्युटरबाट पढाउन दक्ष हुनुपर्छ । शिक्षा भयो भने थोरै सम्पत्ति छ भने पनि डर हुँदैन । पढेको, सीप सिकेका मान्छे जहाँ पनि रोजगार हुन्छ । नयाँ पिढींलाई शिक्षा अनिवार्यरुपमा दिनुपर्छ ।’

त्रिशूलीबाट नुवाकोट जिल्लाको सदरमुकाम जोड्ने बाटो पक्की बनाउन एक अर्ब २० करोड रुपैयाँ विनियोजन जानकारी दिँदै उनले त्यसको ठेक्का प्रक्रिया केही दिनमा सुरु हुने बताए ।

उनले भने, ‘यो बाटो निर्माणपछि सदरमुकाम जान धेरै सहज हुनेछ । काठमाडौं जानका लागि सुन्दरीजल हुँदै गोल्फु भन्ज्याङ जोड्ने बाटो त्यत्तिकै महत्वपूर्ण छ । केन्द्र र प्रदेश सरकारले सल्लाह गरेर पार्टी भन्ज्याङबाट गोल्फु भन्ज्याङ जोड्ने बाटोलाई राम्रो बनाउनका लागि बजेटसमेत राखेर पहल हुनेछ । यो सडक राम्रो भएपछि काठमाडौं आवतजावत सहज हुनेछ । पुलको पनि डीपीआर निर्माण हुँदैछ ।’

यस्तै, उनले महिला सशक्तिकरण, आयआर्जन वृद्धि गर्ने, जेष्ठ नागरिकको सम्मान, आदिवासी जनजातिको जीवनस्तर उठाउने काममा सरकारको विशेष ध्यान रहेको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार