मुख्य समाचार
उत्तरयाधामको शिवलिङ्को मूर्ति | तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ | हुरीका कारण विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति | पोखरा-दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति | पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी | महाधिवेशनको विषयमा पार्टीका नेतासँग संवाद भइरहेको छ : सभापति थापा | एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’ | मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेन्डामा छलफल | छायाँक्षेत्र मन्दिर | हरिबहादुर थापा पुन: रूपन्देही जिल्ला क्रिकेट संघको अध्यक्षमा निर्वाचित |

कार्यालय जलाइए पछि प्रदेश सरकारको भुक्तानी प्रणाली ठप्प

Ujyalosandeshonline 11504+ समाचार ( )
१ अशोज २०८२, बुधवार

सुर्खेत । जेनजी आन्दोलनकारीहरुले कार्यालय जलाइ दिएपछि कर्णाली प्रदेश सरकारको सरकारी भुक्तानी प्रणाली ठप्प भएको छ । जेनजी पुस्ताका आन्दोलनकारीले २४ गते प्रदेश लेखा नियन्त्रक कार्यालय (प्रलेनिका)मा आगजनी गरेका थिए ।

आगजनीमा कार्यालय सम्पूर्ण कागजात, कम्प्युटर तथा अन्य आवश्यक उपकरणहरु जलेर नष्ट भएपछि प्रदेश लेखा नियन्त्रण कार्यालयका आर्थिक सम्बन्धि सम्पूर्ण गतिविधिहरू अनिश्चितकालका लागि प्रभावित बनेका छन् । कर्णाली प्रदेश सरकार र यहाँका स्थानीय तहको सार्वजनिक वित्त व्यवस्थापनको पाटोलाई चुस्तदुरुस्त र पारदर्शी राख्ने संवैधानिक जिम्मेवारी बहन गरेको कार्यालय नै आन्दोलनकारीले आगजनी गरेका थिए ।

कार्यालयमा रहेका लेखासम्बन्धी सम्पूर्ण कागजी दस्ताबेज र उपकरण जलेर नष्ट भएपछि प्रदेश सरकारको समग्र वित्तीय व्यवस्थापनको पाटो रोकिएको प्रदेश लेखा नियन्त्रक कार्यालय सुर्खेतका प्रमुख रत्नप्रसाद सुवेदीले बताए । कार्यालयका पुराना आयव्यय विवरण, कर्मचारीको तलब तथा भुक्तानी आदेशसम्बन्धी सम्पूर्ण फाइल जलेर नष्ट भएको सुवेदीले बताए । 

‘डिजिटल प्रणालीमा सुरक्षित गर्न प्रयोग गरिने उपकरणसँगै भौतिक अभिलेख जलेपछि हिसाब मिलान र प्रमाणीकरणमा कठिनाइ भएको छ’ उनले भने, ‘केही समयका लागि प्रदेश सरकारको चालू र पुँजीगत बजेट खर्च प्रणाली नै ठप्प अवस्था छ ।’ प्रदेश लेखा नियन्त्रक कार्यालयमार्फत प्रदेशका विभिन्न मन्त्रालय, मातहतका कार्यालय, लोकसेवा आयोग तथा अन्य कार्यालयमा कार्यरत कर्मचारीलाई मासिक तलब–भत्ता समेत भुक्तानी गर्न सकिने अवस्था नरहेको उनले बताए । 

जेनजी आन्दोलनकारीको आगजनीले खरानी बनेको कार्यालयका नौ वटा मोटरसाइकल र दुई चारपाङ्ग्रे गाडी आगजनीबाट पूर्णरूपमा नष्ट भएको छन् । आगजनीका कारण कार्यालयमा विद्युत्, इन्टरनेट, टेलिफोन र खानेपानी सेवा पूर्णरूपमा अवरुद्ध छ । प्रदेश सरकारले संकलन गर्ने कर, राजस्व र अन्य आम्दानीको लेखाजोखा समेतमा असर परेको कार्यालय प्रमुख सुवेदीले बताए । भवनबाहेक सेवा प्रवाहका लागि आवश्यक सम्पूर्ण सामग्री पुनः बनाउनुपर्ने र खरिद गर्नुपर्ने अवस्था रहेको कार्यालयले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार