मुख्य समाचार
देशमा सुशासन कायम हुनेछ : प्रधानमन्त्री | जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ | सामाजिक सञ्जालमा फैलिएको हल्ला निराधारः नेपाल प्रहरी | पोखरा–दुबई उडानलाई दिगो बनाउने प्रतिबद्धता | ‘विपत्तिबाट सहाराविहीन भएका नागरिकको संरक्षण राज्यले गर्नुपर्छ’ | मधेसका १५४ हेक्टर वन क्षेत्र अतिक्रमणमुक्त | ‘विपत्तिबाट सहाराविहीन भएका नागरिकको संरक्षण राज्यले गर्नुपर्छ’ | कांग्रेस १५औँ महाधिवेशनः वडा अधिवेशन असोज ३ देखि सुरु हुने | पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध | नमाजका क्रममा सङ्कलित ६५ हजार रकम रसुवाका बाढीपीडितलाई हस्तान्तरण |

जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ

Ujyalosandeshonline 12266+ समाचार ( )
२३ भाद्र २०८३, मङ्गलबार

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जेनजी युवाले उठाएका माग र उनीहरूका अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । गत वर्ष भदौ २३ गते जेनजी युवाको आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदको स्मृतिमा आज बानेश्वरस्थित वीरेन्द्र अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा आयोजित दीप प्रज्वलन कार्यक्रममा उहाँले जेनजी युवाको योगदान र बलिदानीलाई सरकारले उच्च सम्मानका साथ ग्रहण गरेको बताउनुभयो ।

गृहमन्त्री गुरुङले जेनजी युवाको बलिदानीका कारण देशमा आमूल परिवर्तनको आधार तयार भएको उल्लेख गर्दै उनीहरूले उठाएका माग सम्बोधन गर्न सरकार गम्भीरतापूर्वक अघि बढिरहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “जेनजी युवाहरूको बलिदानीले देशमा आमूल परिवर्तन भएको छ । हामी अहिले अधिकार दिने ठाउँमा छौँ । जेनजीका माग सम्बोधन गर्दै अधिकार पूरा गर्नेछौँ ।”

वर्तमान सरकार जेनजी युवाको आन्दोलनकै कारण निर्माण भएको उल्लेख गर्दै गृहमन्त्री गुरुङले उनीहरूका माग र अधिकार सुनिश्चित गर्न कुनै कसर बाँकी नराखिने बताउनुभयो । उहाँले जेनजी पुस्ताले उठाएका विषयलाई राज्यले गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो । गृहमन्त्री गुरुङले केही पुराना दल तथा नेताहरूले अझै पनि जेनजी आन्दोलनलाई अपमान गरिरहेका भन्दै त्यसप्रति असन्तुष्टि व्यक्त गर्नुभयो ।

जेनजी आन्दोलनलाई अपमान गर्नु आमनेपाली नागरिकको भावनालाई अपमान गर्नु जस्तै हो उहाँले भन्नुभयो । गृहमन्त्री गुरुङले गत भदौ २३ गतेको आन्दोलनमा ज्यान गुमाएका सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गर्नुभएको थियो । कार्यक्रममा सहभागीहरूले समेत सहिदको सम्झनामा दीप प्रज्वलन गरी उनीहरूको योगदानप्रति सम्मान व्यक्त गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार