मुख्य समाचार
एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित | पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा ‘आरएनपी–एआर’ प्रणाली लागू गरिँदै | पश्चिम नवलपरासीमा १४ लाख बढीको अवैध मदिरा बरामद | विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन | मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनपर्ने | लुम्बिनीबाट निग्रोधारामसम्म थाई भिक्षुहरूको शान्ति पैदलयात्रा | कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग | दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त | डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन | भैरहवामा महोत्सवको लहर, प्रदर्शनीस्थलको अभाव |

प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि निर्वाचन कार्यतालिका सार्वजनिक

Ujyalosandeshonline 12532+ समाचार ( )
२० अशोज २०८२, सोमबार

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोग, नेपालले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । सोमबार आयोगको बैठकले कार्यतालिका स्वीकृत गरेको हो । निर्वाचन आयोगका अनुसार निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ताको प्रक्रिया मंसिर १ गतेदेखि १० गतेसम्म सञ्चालन हुनेछ । पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ ।

निर्वाचन प्रचारप्रसारको अवधि फागुन ३ गतेदेखि १८ गतेसम्म रहनेछ भने त्यसपछि मौन अवधि सुरु हुनेछ । मतदान भने फागुन २१ गते बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म हुनेछ । मतदान सकिएपछि दुवै प्रणालीतर्फको मतपेटिका संकलन गरी मतगणना सुरु गरिनेछ । यसैगरी, समानुपातिक निर्वाचन प्रणालीका लागि निर्वाचन अधिकृतको कार्यालय मंसिर १५ गतेदेखि सञ्चालनमा आउनेछ । सो प्रणालीअन्तर्गत बन्दसूची पेस गर्ने मिति पुस १८ र १९ गते निर्धारण गरिएको छ ।

आयोगले दल दर्तासम्बन्धी प्रावधान स्पष्ट गर्दै आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूले मात्र निर्वाचन प्रयोजनका लागि पुनः दल दर्ता गर्न पाउने व्यवस्था रहेको जनाएको छ । त्यसकारण, आगामी निर्वाचनमा भाग लिन चाहने सरोकारवाला दलहरूले २०८२ सालको कात्तिक ३० गतेभित्र राजनीतिक दल दर्ताको प्रमाणपत्र लिइसक्नु पर्नेछ ।

निर्वाचन प्रक्रियामा सरोकारवाला निकाय र राजनीतिक दलहरूसँग समन्वय तथा परामर्शलाई आयोगले निरन्तरता दिने बताएको छ । प्रवक्ता तथा सहसचिव नारायण प्रसाद भट्टराईले विज्ञप्तिमार्फत ‘स्वतन्त्र र निष्पक्ष निर्वाचनः राष्ट्रको गौरव’ नारालाई आत्मसात गर्दै आयोगले निर्धारित कार्यतालिका अनुरूप सबै प्रक्रिया अघि बढाउने जानकारी गराएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार