जिल्ला प्रहरी कार्यालय रुपन्देही नया भवनमा

Ujyalosandeshonline 11144+ समाचार ( )
१२ भाद्र २०८१, बुधवार

भैरहवा  । १४ करोड ९६ लाख ९४ हजार ५ सय ९१ रुपैयाको लागतमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीको सुविधा सम्पन्न नयाँ भवन बनेको छ । नवनिर्मित भवनको मंगलबार एक कार्यक्रमका बिच प्रहरी महानिरिक्षक बसन्त बहादुर कुँवरले उद्घाटन गरेका छन् ।

उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै कुँवरले प्रहरी प्रति नागरिकका मनमा रहेको नाकारात्मक चित्र हटाउन जरुरी रहेको बता। “त्यो हटाउने भनेको हाम्रो आचरण हो, व्यवहार हो र हामी भित्रको जुन स्वार्थ प्रवित्ति छ त्यो भन्दा हामी व्यवसायीक निष्ठाको क्रममा देखिनुपर्छ ।” कुँवरले भने “अहिले कुनै कुरा लुकेको छैन, कसले के गरेको छ त्यो नागरिकले देखेको छ त्यसैले बोलेर हैन गरेर देखाउनु पर्छ ।”

ले आफु मातहत रहेको सुपरिवेक्षण महाशाखाले धेरै काम गरेको बता। बिशेष गरि ट्राफिक प्रहरी प्रति लक्षित बोल्दै कुँवरले सेतो टोपी भन्ने बित्तिकै समस्याहरु आउने गरेको बुझाई रहेको बता। “१० बर्ष सम्म एउटै कार्यालयमा राख्ने प्रवित्ति छ, यो वा त्यो भनेर एउटै मानिसलाई विभिन्न वहानामा राखिन्छ ।” उले भने “तपाई फ्रेश मान्छे राखेर काम गर्नुहोस एउटै मान्छेलाई विभिन्न बहानामा धेरै वर्ष राख्ने काम बन्द गर्नुहोस ।”

ले स्वार्थ भन्दा माथि रहेर काम गर्न सके समस्या नै नआउने जिकिर गर्दै नागरिक समाज र स्थानिय सरकारसंग सहकार्य गरि काम गरे प्रहरीको उद्देश्य पुरा हुने बता

प्रहरी महानिरिक्षक कुँवरले अहिले संगठनलाई आन्तरिक रुपमा सुधार गर्दै लैजान कडा रुपमा प्रस्तुत हुने बता। “तपाईहरुले बुझ्नुहोस अहिले एक जना डिआईजी साब फस्दै हुनुहुन्छ, हामी अहिले डिआईजी साबलाई भ्रष्टाचारको मुद्दामा कार्यवाही गर्दैछौं ।” उले भने “अब सबैले म म गर्नुहोस, तपाई सबैको परिवारको खाता सिज गर्दैछौं अब हामी, तपाईको खाता चेक गर्दैछौं, तपाईको साथीको खाता चेक गर्दैछौं ।”

ले अधिकांश प्रहरी निरिक्षकहरु ट्राफिक इन्चार्ज भएर तराईका जिल्ला जान खोज्नुले नै त्यहा कैफियत रहेको प्रष्ट भएको बता। यस्ता कार्यलाई निरुत्साहित गर्दै लैजाने प्रहरीको रणनिति रहेको उले बता

रुपन्देही जिल्ला हुदै अधिकांश देशका पर्यटक भित्रिने भएकोले यहा प्रहरीले पर्यटकलाई गर्ने व्यवहार देशभरिकै प्रहरीको व्यवहारको रुपमा देखिने भएकोले यस कुरालाई ध्यानमा राखेर जनमैत्री, सेवामैत्री र व्यवसायीक व्यवहार गर्न उहाँले मातहतका निकायलाई निर्देशन दि

नेपाल सरकारबाट प्राप्त नियमित बजेट अन्तर्गत जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हाता भित्र कार्यालय भवन, हिरासत भवन, व्यारेक भवन, कार्यालय प्रमुख निवास, सिनियर प्रहरी अधिकृत निवास, मेस भवन लगायत अन्य भौतिक संरचनाहरु निर्माण भएका छन् ।

किरातेश्वर न्यु ड्रागन जेभि काभ्रे मार्फत जिल्ला प्रहरी कार्यालय रुपन्देहीको आफ्नै जग्गामा मिति २०७६।१०।१७ गते निर्माण सम्झौता भई मिति २०८०।०३।३१ गते निर्माण सम्पन्न भएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार