मुख्य समाचार
भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै |

कारागारमा सुरुङ खनेर भागेका कैदी पक्राउ

Ujyalosandeshonline 12456+ समाचार ( )
१२ असार २०८१, मङ्गलबार

कपिलवस्तु । कपिलवस्तु प्रहरीले जिल्ला कारागारमा सुरुङ खनेर भागेका कैदीलाई पक्राउ गरेको छ । अदालतको फैसला कार्यान्वयनको सिलसिलमा १४ वर्षअघि कारागारबाट सुरुङ खनेर भागेका भारत, सिद्धार्थनगर जिल्लाको चिलियाका स्कुल मिया अन्सारी उर्फ मोहम्मद स्कुललाई शिवराज नगरपालिका-७ चन्द्रौटाबाट पक्राउ गरिएको कपिलवस्तुका एसपी नवरत्न पौडेलले बताए ।

अदालतले डाँका मुद्दामा अन्सारीलाई छ वर्ष पाँच महिना नौ दिन कैद र चार लाख पचास हजार जरिवानाको फैसला गरेको थियो । फैसला पश्चात सजाए भुक्तानका लागि कारागार पठाइएका अन्सारी सहित आठ जना कैदीहरु ०६६ माघ २ गते कारगारमा सुरुङ खनेर फरार भएका थिए । कैदीहरुले कोठाबाट अढाई फिट गोलाई र २१ फिट लम्बाईको सुरुङ खनेर भागेका थिए । आठ जनामध्ये सात जना यस अघि नै पक्राउ परिसकेको र अन्सारीलाई हाल पक्राउ गरी कारागारमा बुझाइएको एसपी पौडेलले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार