मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

मधेश प्रदेश सरकारले गर्यो आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सार्वजनिक

Ujyalosandeshonline 11005+ समाचार ( )
१ असार २०८२, आइतबार

जनकपुर । आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि मधेश प्रदेश सरकारले ४६ अर्ब ५८ करोड २९ लाख ५१ हजारको बजेट ल्याएको छ । चालुमा १६ अर्ब ७२ करोड ५ लाख १७ हजार विनियोजन गरिएको छ भने पुँजीगततर्फ ३० अर्ब २६ करोडको बजेट विनियोजन गरिएको हो । सार्वजनिक गरेको बजेटमा शिक्षा, रोजगारी, कृषि र पर्यटन क्षेत्रलाई उच्च प्राथमिकता दिएको छ ।

आइतबार प्रदेश सभा बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री सुनिल कुमार यादवले समाजको आधारभूत आवश्यकता र दीर्घकालीन विकास लक्ष्यलाई मध्यनजर गर्दै विभिन्न मन्त्रालयका लागि उल्लेख्य बजेट विनियोजन गरिएको जानकारी दिए ।

शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालयतर्फ ३ अर्ब ५७ करोड ६६ लाख ५५ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । प्रदेश सरकारले गुणस्तरीय शिक्षा, सांस्कृतिक संरक्षण, र युवालाई खेल र नवप्रवर्तनमा अभिप्रेरित गर्ने कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएको छ ।

मधेशको इतिहास, संस्कृति र परम्परालाई जगेर्ना गर्ने उद्देश्यले महोत्तरीमा मधेश सांस्कृतिक ग्राम निर्माण गर्न बजेट विनियोजन गरिएको छ । यसले आन्तरिक पर्यटन प्रवद्र्धनमा योगदान पुर्याउने सरकारको विश्वास छ ।

कृषि मन्त्रालयतर्फ २ अर्ब ८३ करोड रुपैयाँ विनियोजन गरिएको छ । कृषिमा यान्त्रिकीकरण, व्यवसायीकरण र उत्पादन अभिवृद्धिमा बजेट केन्द्रित गरिएको छ । वन तथा वातावरण मन्त्रालयतर्फ २ अर्ब ३७ करोड ५६ लाख ३८ हजार रुपैयाँ विनियोजन गरिएको छ । वातावरणीय सन्तुलन र जैविक विविधताको संरक्षणमा बजेट लाग्नेछ ।

उद्योग, बाणिज्य तथा पर्यटन मन्त्रालयतर्फ ३ अर्ब ८ करोड ७१ हजार रुपैयाँ छुट्याइएको छ । यसले पर्यटन प्रवद्र्धन, स्थानीय उत्पादनलाई बजार विस्तार र रोजगारी सिर्जनामा टेवा पुर्याउने अपेक्षा गरिएको छ ।

श्रम तथा यातायात मन्त्रालयतर्फ ५७ करोड १४ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ । सरकारले स्वरोजगारलाई प्रोत्साहित गर्न ‘हात–हातमा सवारी, घर–घरमा रोजगारी’ भन्ने कार्यक्रम सञ्चालनमा ल्याउनेछ । विशेषगरी शिक्षा, कृषि र स्वरोजगारमुखी कार्यक्रमले मधेशको स्थानीय अर्थतन्त्रलाई सबल बनाउने सरकारको विश्वास छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार