रामेछाप । असोज महिनामा आएको बाढीले क्षति पुगेका रामेछाप र दोलखाका विभिन्न सडक निर्माणको लागि बजेट सुनिश्चित भएको छ ।
बाढीले क्षति पु¥याएका सडकको स्थलगत अवलोकन गरेर काठमाडौं फर्किएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ती सडकहरूमा बजेट सुनिश्चितताको निर्णय गरेका हुन् ।
मन्त्रालयले रामेछापको खुर्कोटदेखि मिल्ती सडक खण्डको मर्मतका लागि ४० करोड रुपैँया सुनिश्चित गरेको छ । सो सडक वर्षाको कारण विभिन्न ठाउँमा क्षतिग्रस्त भएको छ ।
यसै गरी मन्थली– चरिकोट सडक अन्तर्गत दोलखाको किर्ने–भोर्ले– ढोलीखोला सडक खण्डको लागि ४५ करोड रुपैँया बजेट सुनिश्चित गरिएको छ । सो सडकको किर्नेटारमा तामाकोसी नदीले सडक कटान गरेको छ । अहिले खिम्ति जलविद्युत आयोजनाको भित्रबाट अस्थायी रूपमा सडक सञ्चालन गरिएको छ । आयोजनास्थल भित्रबाट सञ्चालन गरिएको सडक बन्द गर्ने चेतावनी बारम्बार आयोजनाले दिँदै आएको छ ।
मन्त्रालयले मन्थली–चरिकोट सडकको मिल्ती–तामाकोसी सडक खण्ड मर्मतका लागि पनि बजेट सुनिश्चित गरेको छ । सो सडक खण्डका लागि २५ करोड रुपैँयाको बजेट सुनिश्चित गरिएको छ ।
यसै गरी चरिकोट–सिँगटी–झमार्सी सडक खण्डको लागि ३० लाख रुपैँया बजेट सुनिश्चित भएको छ । यस अघि झमार्सी सडकलाई २ करोड ३० लाख रुपैँया विनियोजन गरिएको थियो । त्यस्तै नेपालबाट चीनको तिब्बत जोड्ने दोलखाको लामाबगर नाका खोल्न २० करोड रुपैँया विनियोजन गरिएको थियो । सिन्धुपाल्चोकको मुढेबाट दोलखाको चरिकोट आउने सडक खण्डको लागि १५ करोड रुपैँया टेण्डर भइसकेको छ ।
सडकमा पुगेको क्षतिको मन्त्री दाहाल, पूर्व मन्त्री पार्वत गुरुङ, सडक विभागका महानिर्देशक रामहरि पोखरेल सहितको टोलीले २ दिनसम्म स्थलगत अवलोकन गरेको थियो ।
Hi, We have a promotional offer for your website ujyalosandeshonline.com. First To Market AI App That Creates Mind Blowing No API Key Cost | No Designing Skills | No Monthly Fees Required Only 3 EASY Clicks- Instantly Create & Sell Jaw-Dropping AI Images, AI Videos, Graphics, Visuals, Arts Etc To Hordes Of Hungry Audience for Top Dollar All From One Single Dashboard, For A Low One-Time Fee Learn more: https://www.youtube.com/watch?v=8_3AOJj8lTg You are receiving this message because we believe our offer may be relevant to you. If you do not wish to receive further communications from us, please click here to UNSUBSCRIBE: https://topcasworld.pro/unsubscribe?domain=ujyalosandeshonline.com Address: 209 West Street Comstock Park, MI 49321 Looking out for you, Jordan Matthews