मुख्य समाचार
कांग्रेस १५औँ महाधिवेशनः विभिन्न पदका उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक | नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति | पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज | ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना | जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल | दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम | अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव |

लुम्बिनीमा भारतीय प्रधानन्यायाधीशको ‘शान्ति प्रार्थना’ र ‘सहकार्यको प्रतिबद्धता’

Ujyalosandeshonline 12466+ समाचार ( )
२१ भाद्र २०८२, शनिबार

लुम्बिनी । भारतका प्रधानन्यायाधीश भूषण रामकृष्ण गवईले नेपाल भ्रमणका क्रममा भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्नुभएको छ। न्यायपालिकाको सर्वोच्च जिम्मेवारी सम्हालेपछि उहाँको यो पहिलो नेपाल यात्रा हो। लुम्बिनीमा उहाँलाई लुम्बिनी विकास कोषका पदाधिकारीहरूले स्वागत गरेका थिए।

भ्रमणका क्रममा गवईले मायादेवी मन्दिर परिसरमा बुद्ध जन्मस्थलको अवलोकन गर्नुका साथै सूत्रपाठ र दियो प्रज्वलन गर्नुभएको थियो। उहाँले विश्व शान्ति, मानव कल्याण, नेपालको प्रगति र भारत-नेपाल सम्बन्ध अझ प्रगाढ होस् भन्ने कामना गर्नुभएको थियो।

लुम्बिनी विकास कोषका पदाधिकारीहरूसँगको भेटमा गवईले लुम्बिनीको गुरुयोजना र विकास निर्माणका गतिविधिहरूबारे चासो देखाउनुभएको थियो। उहाँले लुम्बिनीलाई अन्तर्राष्ट्रियस्तरमा प्रचार प्रसार गर्न नेपालले गरेका प्रयासहरूको प्रशंसा गर्दै यस क्षेत्रमा भारतको सहकार्य निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो।

प्रधानन्यायाधीश गवई ‘नेपाल-इन्डिया जुडिसियल डाइलग’ कार्यक्रममा सहभागी हुन नेपाल आउनुभएको हो, जहाँ नेपाल र भारतका न्यायाधीश तथा विधिवेत्ताबीच न्याय क्षेत्रका चुनौती र सम्भावनाबारे छलफल भएको थियो । लुम्बिनी विकास कोषले प्रधानन्यायाधीश गवईको यस भ्रमणले लुम्बिनीमार्फत नेपालको पर्यटन, सांस्कृतिक र धार्मिक महत्वलाई अझै उच्चस्तरमा पुर्याउने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार