मुख्य समाचार
भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने | खनिज पदार्थबाट राज्यलाई आर्थिक लाभ | पेन्ड्राइभसहित ५ लाख ३९ हजार बराबरको सामान बरामद | सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छः कृषिमन्त्री चौधरी | स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत | यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता |

अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइँदै, नेपालका विभिन्न स्थानमा कार्यक्रम

Ujyalosandeshonline 12543+ समाचार ( )
२३ असार २०८१, शनिबार

काठमाडौं । जुलाई महिनाको पहिलो शनिबार अर्थात् अन्तर्राष्ट्रिय सहकारी दिवस विश्वभर विविध कार्यक्रम गरी मनाइँदैछ । नेपालमा पनि विभिन्न कार्यक्रमहरु तय गरिएको छ । 

‘सहकारीले सबैका लागि समुन्नत भविष्य निर्माण गर्दछ’ नारासहित अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए)ले पनि विभिन्न कार्यक्रम तय गरिसकेको छ । 

नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी १०२ औं अन्तर्राष्ट्रिय सहकारी दिवस, ३० औं संयुक्त राष्ट्र संघ अन्तर्राष्ट्रिय सहकारी दिवस तथा ३१औं राष्ट्रिय सहकारी महासंघ दिवस मनाईदै छ ।

आईसीएको आह्वानमा विश्वभरका सहकारीहरुले सन् १९२३ देखि हरेक वर्ष जुलाई महिनाको पहिलो शनिबार यो दिवस मनाउने गरिन्छ । सन् १९९५ मा संयुक्त राष्ट्र संघ (यूएन)को महासभाले समुदायको सामाजिक, आर्थिक तथा सांस्कृतिक विकासमा सहकारीले पुर्याएको महत्वपूर्ण योगदानको कदर गर्दै यस दिनलाई संयुक्त राष्ट्र संघ अन्तर्राष्ट्रिय सहकारी दिवसको रुपमा समेत मनाउने घोषणा गरेको थियो ।

राष्ट्र संघले यस दिवसलाई औपचारिकरुपमा आत्मसात गरेपछि सन् १९९५ देखि आइसीए र यूएन अन्तर्गतको सहकारी प्रवद्र्धन र विकास सम्बन्धी समिति (कोप्याक)ले संयुक्तरुपमा अन्तर्राष्ट्रिय सहकारी दिवसको थिम तय गर्दै आएका छन् । दिवसले अन्तर्राष्ट्रिय सहकारी आन्दोलन र अन्य सरोकारवाला निकायहरु बीचको साझेदारीलाई सुदृढ र विस्तार गर्न सहयोग पुर्याउने आईसीएको विश्वास रहेको छ ।

यस वर्षको अन्तर्राष्ट्रिय सहकारी दिवसलाई विभिन्न विषय र प्रकृतिका सहकारीले सदस्य र समुदायको दिगो भविष्य निर्माण गर्न खेलेको भूमिका र सन् २०३० सम्ममा संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यहरु (एसडीजी) कार्यान्वयन गर्ने प्रयासमा पु¥याएको योगदान देखाउने अवसरकोरुपमा सदुपयोग गर्न आईसीएले आग्रह गरेको छ ।

यसैगरी नेपालमा राष्ट्रिय सहकारी महासंघले अन्तर्राष्ट्रिय सहकारी दिवसका दिन आफ्नो स्थापना दिवस मनाउने गरेको छ । महासंघले हरेक वर्ष राष्ट्रिय सहकारी व्यक्तित्व सम्मान तथा उत्कृष्ट सहकारी पुरस्कार प्रदान गर्ने गरेको छ । शनिबार दिउसो राष्ट्रिय सहकारी महासंघले आफ्नो कार्यालय पुल्चोकमा विशेष कार्यक्रमको आयोजना गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार