मुख्य समाचार
सुत्केरी र शिशुलाई घरदैलोमै स्वास्थ्य सेवा | निर्वाचन आउन ४९ दिन बाँकीः निर्वाचन सुरक्षामा केन्द्रित प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न | भाषणमा ‘समृद्धि’, व्यवहारमा ‘सास्ती’ : रोहिणीका विद्यार्थीलाई नयाँ भवन ‘आकाशको फल’ | “भवन बनेर पनि प्रयोग गर्न नपाउँदा एउटै कोठामा दुई कक्षाका विद्यार्थी खाँदिएर पढ्न बाध्य छन् ” | विशेष महाधिवेशन : मतदान बिहीबार बिहान २ देखि ५ बजेसम्म | रास्वपा सभापति लामिछानेविरुद्धका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अभियोग संशोधन गर्न स्वीकृति | पहिचानवादी शक्तिहरू एक ठाउँमा: रुपन्देहीमा तीन दल एउटै चुनाव चिन्हबाट लड्ने | पवनकुमार सेठिया स्मृति क्रिकेट: आर्मीलाई हराउँदै रुपन्देही–११ ले जित्यो टी–ट्वान्टी सिरिज | खेलकुद क्षेत्रका चुनौती सम्बोध गर्न ‘पेसएक्स स्पोटर्स’ | गुल्मीको रिडीमा माघे सङ्क्रान्ति मेलाको सम्पूर्ण तयारी पूरा |

“भवन बनेर पनि प्रयोग गर्न नपाउँदा एउटै कोठामा दुई कक्षाका विद्यार्थी खाँदिएर पढ्न बाध्य छन् ”

Ujyalosandeshonline 10071+ समाचार ( )
प्रेमनाथ त्रिपाठी प्रधानाध्यापक, श्री बगहा माध्यमिक विद्यालय
२ माघ २०८२, बिहीबार

रुपन्देहीको रोहिणी गाउँपालिका–१ स्थित श्री बगहा माध्यमिक विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत चार कोठे पक्की भवन निर्माण सम्पन्न भएको छ । तर, भवन तयार भएर पनि विद्यालयले प्रयोग गर्न पाएको छैन । भवन अभावका कारण एउटै कोठामा दुईवटा कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता विद्यालयसँग छ । यसै सन्दर्भमा विद्यालयको भौतिक अवस्था, भवन हस्तान्तरणमा भएको ढिलाइ र पठनपाठनमा देखिएको समस्याका विषयमा विद्यालयका प्रधानाध्यापक प्रेमनाथ त्रिपाठी सँग पत्रकार विवेक विश्वकर्माले गरेको कुराकानीको सारसंक्षेप ः

विद्यालयमा नवनिर्मित भवनको अवस्था कस्तो छ ? निर्माण कार्य सकिएको हो ?

हजुर, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत विद्यालयमा चार कोठे पक्की भवन निर्माण भएको हो । भौतिक रूपमा हेर्दा भवनको निर्माण कार्य सम्पन्न भइसकेको छ । हामीले नयाँ शैक्षिक सत्रदेखि नै विद्यार्थीहरूलाई त्यही नयाँ भवनमा राखेर पढाउने योजना बनाएका थियौँ, तर विविध कारणले त्यो सम्भव हुन सकेन ।

निर्माण सम्पन्न भइसक्दा पनि भवन किन विद्यालयलाई हस्तान्तरण हुन नसकेको हो ?

मुख्य समस्या भनेको प्राविधिक र आर्थिक पक्षसँग जोडिएको छ । निर्माण व्यवसायीले निर्माण कार्य सकेपनि उहाँहरूको भुक्तानी सम्बन्धी केही विषय बाँकी रहेको बुझिएको छ । ठेकेदार पक्षले भुक्तानी नपाएको कारण देखाउँदै विद्यालयलाई भवनको चाबी हस्तान्तरण गर्नुभएको छैन । भवन अगाडि तयार छ, तर चाबी नहुँदा हामीले भित्र छिरेर प्रयोग गर्न पाएका छैनौँ ।

भवन प्रयोग गर्न नपाउँदा अहिले पठनपाठन र विद्यार्थी व्यवस्थापनमा कस्तो असर परेको छ ?

यसले हामीलाई निकै ठूलो समस्यामा पारेको छ । भवन अभावका कारण हाल हामीले ‘मल्टिग्रेड’ (बहुकक्षा) शिक्षण गर्नुपर्ने बाध्यता छ । उदाहरणका लागि, अहिले हामीले कक्षा ३ र ४ का विद्यार्थीहरूलाई एउटै कोठामा राखेर पढाउनुपरेको छ । त्यस्तै, बाल विकास देखि कक्षा १ सम्मका साना नानीबाबुहरूलाई पनि एउटै कोठामा राख्नुपरेको छ ।

एउटै हलमा फरक–फरक तहका विद्यार्थीहरूलाई कोचाकोच गरी राखेर पढाउँदा न शिक्षकले प्रभावकारी रूपमा सिकाउन सक्नुभएको छ, न त विद्यार्थीले शान्त वातावरणमा सिक्न पाएका छन् । यसले शैक्षिक गुणस्तरमा गम्भीर चुनौती थपेको छ ।

यो समस्या समाधानका लागि स्थानीय सरकार वा सम्बन्धित निकायसँग कस्तो पहल गर्नुभएको छ ?

हामी चुप लागेर बसेका छैनौँ । मैले विद्यालयको तर्फबाट रोहिणी गाउँपालिकालाई औपचारिक पत्र नै लेखेर समस्याबारे जानकारी गराएको छु । गाउँपालिका अध्यक्षज्यूसँग पनि निरन्तर समन्वय र भेटघाट भइरहेको छ । उहाँले निर्माण व्यवसायीसँगको समस्या सुल्झाएर छिटोभन्दा छिटो भवन उद्घाटन गर्ने र विद्यालयलाई हस्तान्तरण गर्ने वातावरण मिलाउने आश्वासन दिनुभएको छ ।

विद्यालयको सुरक्षा र अन्य आवश्यकताका विषयमा केही कुरा राख्नुभएको छ ?

हो, भवन बाहेक विद्यालयको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै हामीले सिसीटिभी क्यामेरा जडानका लागि पनि गाउँपालिकासँग माग गरेका छौँ । यसमा पनि अध्यक्षज्यूबाट सकारात्मक प्रतिक्रिया र आश्वासन प्राप्त भएको छ ।

अन्त्यमा, सरोकारवाला निकायसँग यहाँको अपेक्षा के छ ?

मेरो एउटै आग्रह छ– निर्माण सम्पन्न भइसकेको संरचना प्रयोगविहीन बनाएर राख्नुहुँदैन । निर्माण व्यवसायी र पालिका बीचको प्रक्रियागत समस्या छिटो टुंगियोस् र विद्यालयले भवनको चाबी पाओस् । नयाँ भवन सञ्चालनमा आउनासाथ हामी कक्षाकोठाहरू छुट्टाछुट्टै व्यवस्थापन गर्न सक्छौँ, जसले विद्यार्थीहरूलाई सुरक्षित र व्यवस्थित वातावरणमा पढ्ने अवसर दिनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार