मुख्य समाचार
पेन्ड्राइभसहित ५ लाख ३९ हजार बराबरको सामान बरामद | सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छः कृषिमन्त्री चौधरी | स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत | यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता | क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति | रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो | एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित | पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा ‘आरएनपी–एआर’ प्रणाली लागू गरिँदै | पश्चिम नवलपरासीमा १४ लाख बढीको अवैध मदिरा बरामद | विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन |

एमाले केन्द्रीय समिति बैठक आजदेखि

Ujyalosandeshonline 12537+ समाचार ( )
८ फाल्गुन २०८०, मङ्गलबार

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटीको सातौं पूर्ण बैठक आजदेखि काठमाडौंमा बस्दैछ । बैठकका लागि गत २७ माघमा बसेको बैठकले एजेण्डा तय गरेको थियो । 

विहान ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालय च्यासलमा हुने बैठकमा राष्ट्रिय हित र जनसरोकारका विषय, जनपरिचालन र दबाब दिने विषयमा कार्ययोजना तयार गर्ने नेताहरूले जनाएका छन् । 

बैठकमा संगठनात्मक प्रतिवेदन प्रस्तुत हुँदैछ भने मिसन ग्रासरूट अभियानपछि पार्टीको ११ बुँदे वार्षिक कार्ययोजना तर्जुमा गरेको केन्द्रीय कमिटी बैठकमा त्यसको समीक्षा प्रतिवेदन प्रस्तुत हुने महासचिव शंकर पोखरेलले जानकारी दिए ।

उनका अनुसार बैठकले संमृद्धिका लागि संकल्प यात्राको विषयमा समेत समीक्षा गर्नेछ । यस्तै, पार्टीमा प्रवेश गरेका र अधिवेशनपछि जिम्मेवारीबाट बिदा भएका कार्यकर्ताहरूको व्यवस्थापनको विषय पनि केन्द्रीय कमिटी बैठकमा छलफल हुने जनाइएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार