मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

गृहमन्त्री अर्यालद्वारा आगजनी र तोडफोडका घटना दोहोरिन नदिन निर्देशन

रासस 695+ समाचार ( )
१९ माघ २०८२, आइतबार

भक्तपुर । गृहमन्त्री ओमप्रकाश अर्यालले आज यहाँको सानोठिमीस्थित बाल सुधार गृहको अवलोकन गर्नुभएको छ । स्थलगत अवलोकन पश्चात उहाँले यहाँको वस्तुस्थितिका बारेमा जानकारी लिनुभएको थियो । यही माघ ८ गते बाल सुधार गृहमा भएको तोडफोडबाट पुगेको क्षतिबारे र घटनाका बारेमा गृहमन्त्री अर्यालले विस्तृत जानकारी लिनुभएको थियो । भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल र जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले घटनाका बारेमा मन्त्री अर्याललाई विस्तृत जानकारी गराउनुभएको थियो ।

गृहमन्त्री अर्यालले जिल्ला सुरक्षा समितिका पदाधिकारीलाई आगामी दिनमा त्यस्ता घटना दोहोरिन नदिन आवश्यक कार्ययोजना बनाएर कार्यान्वयनमा ल्याउन निर्देशनसमेत दिनुभयो । बाल सुधार गृहमा भएको उक्त घटनापश्चात् त्यहाँ रहेका १८ वर्षमाथिका बाल बिज्याइँकर्ताहरुलाई नुवाकोटस्थित कारागारभित्र रहेको छुट्टै ब्लकमा स्थानान्तरण गरिएको प्रजिअ ढकालले जानकारी गराउनुभयो ।

माघ ८ गते राति सुधारगृहमा बालबिज्याइँकर्ताले आगजनी र तोडफोड गरेका थिए । सुरक्षाका लागि प्रहरी वृत्त थिमिबाट गएको प्रहरीले झडप नियन्त्रण गर्न खोज्दा सुधार गृहभित्रबाटै प्रहरीमाथि ढुङ्गामुढा भएको थियो । सुधार गृृहमा १८ वर्षभन्दा माथिका ८४ जना र २४ जना बालिकासमेत थिए । बालिका र १८ वर्षमुनिका बालबिज्याइँकर्तालाई भने अहिले सुधार गृहमै राखिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार