मुख्य समाचार
धानमा ‘फेद डढुवा’ रोग देखिन थालेपछि सतर्कता अपनाउन आग्रह | बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो | आजको मौसम : कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना | दश वर्षमा पनि बनेन मनाङमा पुल | बुटवलबाट बेनीतर्फ लैजाँदै गरेको ८५ हजारको अवैध कपडा पाल्पामा बरामद | भन्सार छलेर भित्र्याइएको ठूलो परिमाणको कपडा नवलपरासीमा पक्राउ | विमानस्थलबाट गाँजासहित विदेशी नागरिक पक्राउ | गुल्मी जिल्ला प्रशासनको सेवामा सुधार, एकद्वार प्रणाली र QR भुक्तानीको माग | केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ | बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट |

गाउँब्लकका बासिन्दालाई धमाधम जगाधनी दर्ता प्रमाणपूर्जा

Ujyalosandeshonline 12080+ समाचार ( )
जगाधनी दर्ता प्रमाणपूर्जा
७ असार २०८१, बिहीबार

भैरहवा । नापी कार्यालय रुपन्देहीले सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ मा गाउँब्लक जग्गाको जगाधनी दर्ता प्रमाणपूर्जा (लालपूर्जा) वितरण गरेको छ ।  सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ को कार्यालय र नापी कार्यालय रुपन्देहीको आयोजनामा बुधबार वडा नम्बर ४ का स्थानीयहरुलाई जग्गाधनी दर्ता प्रमाणपूर्जा बुधबार वितरण गरिएको हो ।

सिदार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँको प्रमुख आतिथ्यतामा दोगहरा धर्मशालामा आयोजित समारोहमा लालपूर्जा वितरण गरिएको वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला) ले जानकारी दिए । १५६ घरधुरीमध्ये १०२ जनाको पूर्जा वितरण गरिएको र बाँकी पूर्जा आगामी असार २५ गते वडा समितिको कार्यालयमा गएर लिन अध्यक्ष यादवले स्थानीयलाई अनुरोध गरे । उनले पूर्जा कसैले पाएको र कसैले नपाउँदा दुःख नमानी ढुक्कसँग बस्न आग्रह गर्दै सबैले पूर्जा पाउने प्रतिवद्धता जनाए । 

सिद्धार्थनगर नगरपालिकाका प्रवक्ता समेत रहेका यादवले भने, ‘म पटकपटक भन्छु, म तपाईहरुको शासक होइन सेवक बनेर आएको हुँ । म नेता होइन, म वडा नम्बर ४ को छोरा हुँ । ’

त्यस्तै नापी कार्यालय रुपन्देहीका प्रमुख नापी अधिकृत सुग्रिम यादवले लालपूर्जा पाउने सबैलाई बधाइ दिए । बजेट नभइ काम गर्न गाह्रो भएको बेला ४ नम्बर वडाका अध्यक्ष मुक्तिनाथ यादवले म बजेट छुट्टयाउछु, जसरी भए पनि वडा नम्बर ४ का स्थानीयहरुलाई पूर्जा वितरण गर्दिनुस् भनि आग्रह गरेपछि हामीलाई पूर्जा वितरण गर्न सहज भएको हो, ’उनले भने ।

समारोहमा सिद्धार्थनगर–२ का वडाअध्यक्ष छेदीलाल श्रीवास्तव, ३ का वडाअध्यक्ष नारायण प्रसाद उपाध्याय, इन्द्रमती धोबी, सइद अहमद धुनिया, अर्जुन गुरुङ्ग, अहमद हुसेन, परशुराम यादव, नापीका कर्मचारी सन्दीप ढकाललगायतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार