मुख्य समाचार
त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन | डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु | दीप प्रज्वलन गरी धकधईमा मनाइयो नमुना माध्यमिक विद्यालयको वार्षिक उत्सव | बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल | कर्णालीका नागरिकलाई आश्वासन होइन परिणाम चाहियो : सांसद ज्ञानु पौड्याल | घटनामा दोषी देखिएकालाई कारबाही हुन्छः मन्त्री यादव | कर्णाली प्रदेशका पूर्व कानूनमन्त्री शाहीको निधन | बयानब्बे जनामा डेङ्गु सङ्क्रमण | रसुवा बाढीः १५ जनाको सनाखत, तीन हजार ७०० बढी अझै बेपत्ता | पाल्पामा प्रहरीको विशेष चेकिङ : मापसे चालकविरुद्ध सार्वजनिक हितविरुद्धको मुद्दा |

बलात्कार पिडितले पाइन नया नाम "भैरहवा-११"

Ujyalosandeshonline 12334+ समाचार ( )
१९ भाद्र २०८१, बुधवार

भैरहवा । मर्चवारको बलात्कार घटनाकी  पिडित किशोरीलाइ रुपन्देही प्रहरीले "भैरहवा-११" नाम दिएको छ । 

पिडितको पहिचान गोप्य राख्दै कार्यवाही प्रकृया सहज बनाउने उद्देश्य सहित प्रहरीले परिवर्तित नाम प्रयोग गर्ने गरेको छ । सोही क्रममा मर्चवारकी पिडितलाइ उक्त नाम दिइएको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरिक्षक मनोहर प्रसाद भट्टले पिडितको नाम "भैरहवा-११" दिइएको बताए । 

"भैरहवा-११" लाइ जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले कोटहीमाइ गाउपालिकाका २ कर्मचारी सहित ३ जनालाइ पक्राउ गरि अनुसन्धान गरिरहेको छ ।

पक्राउ पर्नेमा कोटहीमाई गाउँपालिकाका शिक्षा शाखामा कार्यरत ३२ वर्षिय मनोहर चौधरी, गाउँपालिकाकै उद्यम विकास सहजकर्ता मुकेश चौधरी र वडा नम्बर ३ का वडा अध्यक्ष विष्णु नारायण पाण्डेका छोरा ३५ वर्षिय बंटी भन्ने शैलेश पाण्डे रहेका छन् । 

श्रोतका अनुसार मुकेशले पिडित किशोरीलाई तालीमको बहानामा होटलमा पुर्‍याएका थिए । त्यहा रातभरि अभियुक्तहरुले किशोरीको सामुहिक बलात्कार गरेका थिए । यस पछि मुकेशले नै युवतीलाई उनको घर नजिक छोडेका थिए । घटना भदौ ५ गतेको भए पनि घटना पछि किशोरीको स्वास्थ्य अवश्था बिग्रिएर अस्पताल गए पछि मात्र बाहिर आएको हो । अभियुक्त तिनै जनाले किशोरीलाई ज्यान मार्ने धम्की दिएको आफन्तको भनाई छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार