मुख्य समाचार
"घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ | मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग |

बर्षौपछि आँखाको ज्योती फर्किए पछिको खुशी.......

Ujyalosandeshonline 11004+ समाचार ( )
३ वैशाख २०८२, बुधवार

सुर्खेत । कालिकोटको महाबै गाउँपालिका–३ ओदानकुका ९१ वर्षीय जंगबहादुर सिंहले आँखाको ज्योती गुमाएको पाँच वर्षपछि संसार देखे पछि उनमा खुशीको सिमा रहेन् । कालिकोटको दुर्गम गाउँमा भएको आँखा शिविरमा आँखाको शल्यक्रिया गरेपछि पाँच बर्षपछि उनले बाहिरी संसार देखेका हुन् । नाताले भतिजा पर्ने करन सिंहको सहारामा ओदा फाउण्डेशन पुगेका उनको मोतीबिन्दुको शल्यक्रियापछि आँखा देख्न सक्ने भएका हुन् ।

आँखाको शल्यक्रियापछि संसार देखेका उनले रात र दिन एकैनासको लागेको बेला फेरी संसार देख्न पाएको भन्दै खुशी व्यक्त गरे । ‘मेरा लागि संसारै अँध्यारो थियो,’ उनले खुसी हुँदै भने, ‘फेरी बाहिरी संसार देख्न पाएँ, नयाँ जीवन पाएको जस्तो लागेको छ ।’ पहिला भगवानले आँखा दिए, अहिले डाक्टरले आँखाको ज्योति दिएका छन् उनले खुशी व्यक्त गरे ।

महावै गाउँपालिका ३ की कन्नशिला सिंहले पनि आँखा देख्न छाडेको १ वर्षपछि पुनः देख्न थालेकी छिन् । ‘आँखाको ज्योतिभन्दा ठुलो केही रहेनछ’, उनले भनिन्, ‘ज्योति फर्काइदिने डाक्टरलाई भगवान्ले रक्षा गरुन् ।’ महावै गाउँपालिका ७ की पान्का सुनार पनि ओदानकुको शिविरमा गएर उपचार गराएपछि आँखा देख्ने भएकी छन् । ३ वर्ष पछि गुमेको एउटा आँखाको ज्योति फर्किपछि उनी खुसी छन् ।

जंगबहादुर, कन्नशिला र पान्काजस्तै महावैका ७० जनाको अनुभव उस्तै छ । गाउँपालिकाकले गाउँमै सञ्चालन गरेको आँखा शिविरमा ७० जनाको शल्यक्रिया गरे पछि आँखाको ज्योती फर्किएको बताएका छन् । ‘आँखा नदेख्दा हिँडडुल गर्न समस्या हुन्थ्यो, आफन्त ठम्याउन सकिँदैनथ्यो,’ मोतीबिन्दुको शल्यक्रियापछि पान्काले सुनारले भनिन्, ‘अब आँखा देख्ने भएका छौं, हिँडडुल गर्न र आफन्त ठम्याउन समस्या नहुने भयो ।’

आँखा नदेख्दा आफुलाई परेको कठिानाईसंगै परिवार र आफन्तले गरेको हेला र दुव्र्यवहार गर्दा साह्रै मन दुखेको उनको भनुभव छ । ‘आँखामा दृष्टि नहुँदा घरभित्रैकाले पनि राम्रो व्यवहार नगर्दा रहेछन्’, उनले भनिन्, ‘अब त ज्योति फर्कियो, आफ्नो काम आफै गर्न सक्छु अब कसैले हेला नगर्लान् ।’ आफ्नै गाउँमा शिविर सञ्चालन भएपछि ऋण खोजेर उपचारका लागि बाहिर जानु पर्ने बाध्यता हटेको महावै गाउँपालिकाकी लंका सुनारले सुनाइन् ।

नेपाल नेत्र ज्योतिसंघ जिल्ला आँखा उपचार केन्द्रको समन्वय, आइ केयर फाउण्डेशनको आर्थिक सहयोग, ओदा फाउण्डेशनको व्यवस्थापन तथा महावै गाउँपालिकाको आयोजनामा २ दिने सर्जिकल आँखा उपचार शिविरकोमा उपचारपछि धेरैको खुशी फर्किएको बताएका छन् । मोतीबिन्दु छनोट शिविरमा आएका ४ सय ५३ जनामध्ये ७० जनाको शल्यक्रिया गरिएको आँखा उपचार केन्द्र मान्मका प्रमुख डबल अधिकारीले बताए ।

नागरिकको स्वास्थ्यमा स्थानीय सरकार प्रतिवद्ध भएपछि शिविर सञ्चालन गर्न सकिएको अधिकारीको भनाई छ । कालिकोटका नागरिकलाई ध्यानमा राखेर मोतीबिन्दुको निःशुल्क शल्यक्रिया आयोजना गरिएको अधिकारीले बताए ।उनका अनुसार शिविरबाट धेरैलाई राहत मिलेको छ । डाक्टर कृष्णा गुरुङ्गले कालिकोट जस्तो विकट जिल्लामा शिविर सञ्चालन गरि शल्यक्रिया गर्दा स्थानीयलाई धेरै सहज भएको बताइन् ।

महावै गाउँपालिकाले स्थानीय नागरिकलाई निःशुल्क स्वास्थ्य वीमा, आधारभुत अस्पतालको स्तरोन्नती, विभिन्न खालका शिविर सञ्चालन गरि महावै गाउँपालिकाका नागरिकको स्वास्थ्यमा सहज पहुँच पु¥याउने काम गरिरहेको महावै गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले बताए । ‘नागरिकको स्वास्थ्यमा जे जस्तो समस्या आउछ त्यहि अनुसारको शिविर सञ्चालन गरेर जनतालाई सेवा दिने छौ’ उनले भने ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार