मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

सञ्चारकर्मी नरेश भट्टराई बने भ्याली ग्रुपको ब्राण्ड एम्बेसडर

Ujyalosandeshonline 12321+ समाचार ( )
४ वैशाख २०८१, मङ्गलबार

काठमाडौं । भ्याली ग्रुपको ब्रान्ड एम्बेसडरमा सञ्चारकर्मी नरेश भट्टराई नियुक्त भएका छन्। बालाजुमा रहेको ग्रुपको कर्पोरेट कार्यालयमा ग्रुपका संस्थापक अध्यक्ष हरिकृष्ण रावलले उनलाई ब्राण्ड एम्बेसडरमा नियुक्तीको सम्झौता पत्र हस्तान्तरण गरेका थिए ।

विक्रम सम्बत् २०४१ मा सुपथ मुल्यमा गुणस्तरिय मासुजन्य व्यापार गर्ने उद्देश्यले स्थापित भ्याली कोल्डस्टोर प्रालिबाट शुरु भएको भ्याली ग्रुप अहिले मासु प्रशोधनसँगै आधुनिक दाना उद्योग, आधुनिक ह्याचरी उद्योग, पोल्ट्रीसँगै भ्याली एक्सप्रेसको ब्राण्डमा फास्टफुड चेन रेष्टुरेन्टमा समेत सफल ब्यवसायीक समूह बनिसकेको छ ।

मासुजन्य व्यापारसँग सम्वन्धित मुलुकका विभिन्न स्थानमा फिड ईण्डष्ट्रीहरु, ह्याचरी उद्योग, आधुनिक वधशाला र फाष्ट फुड चेन सञ्चालन गरिरहेको भ्याली ग्रुप पोल्ट्री व्यवसाय सम्बन्धी खोज र अनुसन्धानमा समेत संलग्न छ ।

भ्याली ग्रुपको उत्पादनसँगै स्वस्थकर मासुको उपभोगमा जनचेतना जगाउन सहकार्य गर्दै सञ्चारकर्मी भट्टराईलाई कम्पनीले ब्राण्ड एम्बेस्डरको रुपमा सहकार्य गरिएको भ्याली ग्रुपका अध्यक्ष रावलले बताए ।

‘हाम्रो उदेश्य स्वस्थकर र गुणस्तरिय मासुजन्य सामाग्री लगायतको प्रवर्धन गर्नु हो,’ रावलले भने’ सञ्चारकर्मी भट्टराइसँगको सहकार्यले आम उपभोक्तामा स्वस्थकर मासुजन्य सामाग्रीको उपभोगबारे चेतना बढ्ने हाम्रो विश्वास छ ।‘

सञ्चारकर्मी भट्टराईले भ्याली ग्रुपसँग आवद्ध हुन पाएकोमा खुसी ब्यक्त गर्दै कम्पनीको साखसँगै स्वस्थकर मासुको उपभोगका लागि उपभोक्ताहरुलाई सचेत र जागरुक गराउन प्रयास गर्ने बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार