मुख्य समाचार
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल | दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम | अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी |

सन्धिखर्कमा खुला तिज गित प्रतियोगिता सम्पन्न, गौरीशंकर बोर्डिङ स्कुल प्रथम

अनिल नेपाली 141+ समाचार ( )
९ भाद्र २०८२, सोमबार

अर्घाखाँची । राष्ट्रिय दलित पत्रकार संघ, नेपाल लुम्बिनी प्रदेशको आयोजना तथा अर्घाखाँची शाखाको समन्वयमा सन्धिखर्कमा खुला तिज गित प्रतियोगिता तथा बृहत साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ७ वटा समूह तथा विद्यालयको सहभागिता रहेको थियो ।

प्रतियोगितामा सन्धिखर्क नगरपालिका वडा नं १ मा रहेको गौरीशंकर बोर्डिङ स्कुलले प्रथम स्थान हासिल गरेको छ । त्यस्तै, भूमिकास्थान नगरपालिका वडा नं ९ मा रहेको भगवती माध्यमिक विद्यालय द्वितीय र मालारानी गाउँपालिका वडा नं ५ मा रहेको लालीगुराँस आमा समूह तृतीय भएका छन् । सन्धिखर्क नगरपालिका वडा नं २ मा रहेको भद्रिगोला आमा समूहले सान्त्वना स्थान प्राप्त गरेको छ ।

कार्यक्रमका विजेताहरुलाई सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्ण प्रसाद श्रेष्ठ लगायतका अतिथिहरुले नगद तथा प्रमाणपत्रसहित सम्मान गर्नुभएको थियो । प्रतियोगितामा सहभागीहरुले महिला अधिकार, संविधान कार्यान्वयनमा महिलाको भूमिका र महिलामाथि हुने हिंसाविरुद्धका गीतहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरु लोक गायक नारायण बिपि परियार, सम्झना रणपाल, विष्णु श्रीपाली, वरिष्ठ डान्सर बबिता धिताल, गायक तथा सर्जक धनराज चुनारा लगायतले आफ्नो प्रस्तुति दिएका थिए ।

कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल, नेपाल विद्युत प्राधिकरण अर्घाखाँची वितरण केन्द्रका प्रमुख तिलोचन भट्टराई, विभिन्न राजनीतिक दलका प्रतिनिधि, पत्रकार महासंघका पदाधिकारी, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रम संस्थाका लुम्बिनी प्रदेश अध्यक्ष टेकेन्द्र बस्यालको अध्यक्षता, सचिव अनिल नेपालीको सञ्चालन र केन्द्रीय सदस्य राधा नेपालीको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार