मुख्य समाचार
हुम्लामा हिमपातले जनजीवन प्रभावित | कांग्रेस १५औँ महाधिवेशनः विभिन्न पदका उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक | नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति | पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज | ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना | जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल | दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम | अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा |

यातायातमन्त्री दाहालले सार्वजनिक गरे एक महिनाको उपलब्धि

Ujyalosandeshonline 12466+ समाचार ( )
२ भाद्र २०८१, आइतबार

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पद बहालीको एक महिना अवधिमा हासिल भएका उपलब्धिहरु सार्वजनिक गरेका छन् । 

आइतबार मन्त्रालयमा एक कार्यक्रमको आयाजना गरी एक महिना अवधिमा हासिल भएका उपलब्धिहरु सार्वजनिक गरेका हुन् । 

उनले मन्त्रालयबाट तयार भएको राष्ट्रिय यातायात नीति, २०८१ नेपाल सरकार (मन्त्रीपरिषद्) बाट स्वीकृतिका लागि पेश भएको जानकारी दिए । मन्त्रालय अन्तर्गतका सबै विभागहरुको वर्तमान अवस्थाको ब्रिफिङ लिने र आवश्यक निर्देशन दिने कार्य सम्पन्न भएको उनको भनाई छ । 

उनले भने,‘मन्त्रालयबाट तयार भएको राष्ट्रिय यातायात नीति, २०८१ नेपाल सरकार (मन्त्रीपरिषद्) बाट स्वीकृतिका लागि पेश भएको छ।मन्त्रालय अन्तर्गतका सबै विभागहरु (सडक विभाग, रेल विभाग, यातायात विभाग र पानी जहाज कार्यालय) को वर्तमान अवस्थाको ब्रिफिङ लिने र आवश्यक निर्देशन दिने कार्य सम्पन्न भएको छ ।’

त्यस्तै वर्षात् अवधिभर राष्ट्रिय राजमार्गहरुमा यातायात अवरोध नहुनेगरी आवश्यक व्यवस्था गरिने र अवरोध भएको खण्डमा विशेष अवस्थामा वाहेक बढिमा २ घण्टा भित्र अवरोध हटाई सवारी सुचारु गर्ने व्यवस्था मिलाईएको भन्दै सो कार्यका लागि १३५ वटा यान्त्रिक उपकरणहरु विभिन्न सडक खण्डमा तैनाथ अवस्थामा राखिएको र १२९ वटा यान्त्रिक उपकरणहरु आवश्यकता अनुसार तत्काल परिचालन हुने गरि राखिएको जानकारी दिए । 

उनले भने,‘वर्षात् अवधिभर राष्ट्रिय राजमार्गहरुमा यातायात अवरोध नहुने गरी आवश्यक व्यवस्था गरिने र अवरोध भएको खण्डमा विशेष अवस्थामा वाहेक बढिमा २ घण्टा भित्र अवरोध हटाई सवारी सुचारु गर्ने व्यवस्था मिलाइएको छ । सो कार्यका लागि १३५ वटा यान्त्रिक उपकरणहरु विभिन्न सडक खण्डमा तैनाथ अवस्थामा राखिएका छन् भने १२९ वटा यान्त्रिक उपकरणहरु आवश्यकता अनुसार तत्काल परिचालन हुने गरि राखिएको छ।’

वर्षातका कारण अवरुद्ध हुने सडक यातायातको लाइभ जानकारी मन्त्रीज्यूको कार्यकक्षमै हुने गरी रोड क्लोजर अपडेटको सिस्टम जडान,निर्माणधीन बाहेकका प्रमुख राजमार्गहरुमा प्रथम चरणको पटके मर्मत कार्य सम्पन्न गरी पटके मर्मत कार्यका लागि सबै सडक डिभिजन कार्यालयहरुबाट बोलपत्र आव्हानको सूचना प्रकाशन, चालक अनुमतिपत्रलाई राष्ट्रिय परिचयपत्रसँग आवद्ध गर्ने प्रयोजनको लागि राष्ट्रिय परिचयपत्र तथा तथा पन्जिकरण विभाग र यातायात व्यवस्था विभागबीच समझदारी पत्रमा हस्ताक्षर सम्पन्न जस्ता कार्यहरु सम्पन्न गरिएको उनले जनाएका छन् । 

उनको अनुसार बर्दिवास–निजगढ (चोचा) खण्डको सम्पन्न हुन बाँकी तीन वटा रेलपुल मध्ये दुई वटा रेलपुल (मराहा र बर्दिवास) सम्पन्न भएको छ भने समग्र मन्त्रालय तर्फ आ.व. २०८१÷८२ मा विनियोजन भएको बजेट मध्ये श्रावण मसान्तसम्म रु.६ अर्ब १८ करोड खर्च भइ ४.११ प्रतिशत वित्तीय प्रगति हासिल भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार