मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

शिक्षा क्षेत्रको गुणस्तरीयता विषय मूल मुद्दा बन्नुपर्छ : मन्त्री भट्टराई

Ujyalosandeshonline 12547+ समाचार ( )
१२ चैत्र २०८१, बुधवार

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रमा गुणस्तरीयताको विषयमा अहिलेसम्म केही नियम नबनेको बताएकी छिन् । सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफलमा बोल्दै उनले बल्ल विश्वविद्यालयको ऐनहरु मात्र बनिरहेको तर राज्य र विश्वविद्यालयको सम्बन्ध के हो भन्ने ऐन बन्न नसकेको बताइन् । 

उनले भनिन्,‘ जतिपनि शिक्षा क्षेत्रलाई विस्तार गरिरहेका छौं । त्यसको गुणस्तरीयको विषय अहिलेसम्म केहीपनि नियम बनाएका छैनौं । बल्ल विश्वविद्यालयको ऐनहरु मात्र बनाइरहेको छौं । तर राज्य र विश्वविद्यालयको सम्बन्धमा अझै मौन छौं ।’

त्यस्तै उनले कयौं वर्षसम्म पद उन्नती नभएर पीडित भएको उदाहरणहरु सुनाउँदै उनले बढुवाको र सुरक्षाको विषय पनि सँगसँगै छलफल गर्नुपर्ने धारणा राखिन ।‘म आफै विश्वविद्यालयबाट आएको हुँ । त्यहाँको पीडा मलाई थाहा छ । कयौं वर्षसम्म प्रमोसन नभएर पीडित भएर गएका उदाहरणहरु छन् । त्यसैले बढुवाको कुरापनि गर्नुपर्छ । उसको सुरक्षाको कुरा पनि सँगसँगै गर्नुपर्यो,’ उनले भनिन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार