मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

हराएकी बालिकाको ६ महिनापछि भारतबाट उद्धार

Ujyalosandeshonline 12547+ समाचार ( )
१० भाद्र २०८२, मङ्गलबार

भैरहवा । ६ महिनाअघि हराएकी कास्कीकी एक ९ वर्षीय बालिकाको माइती नेपाल भैरहवाले भारतबाट उद्धार गरी परिवारको जिम्मा लगाएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–८ की ती बालिका आफ्नो बुवासँगै भारतको चण्डीगढ गएकोमा ६ महिनाअघि हरियाणाबाट हराएकी थिइन् । बुवाको मानसिक स्वास्थ्य अवस्था ठीक नभएका कारण उनी हराएको बताइएको छ ।

माइती नेपाल भैरहवाकी कार्यक्रम संयोजक माया क्षेत्रीले भारतका विभिन्न संघ–संस्था र दूतावाससँगको समन्वयमा कानूनी प्रक्रिया पूरा गरी बालिकाको उद्धार गरिएको जानकारी दिनुभयो । उद्धारपछि बालिकालाई एक हप्तासम्म भैरहवास्थित आवधिक गृहमा राखिएको थियो ।

परिवारसँग सम्पर्क भएपछि अन्नपूर्ण गाउँपालिका वडा कार्यालयको सिफारिसमा बालिकालाई उनका काकाको जिम्मा लगाइएको हो । घरमा बुबाआमा नभएकाले बाजेबज्यैको आग्रहमा उनलाई घर पठाइएको माइती नेपालले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार