मुख्य समाचार
प्रहरी निरीक्षक दिपक कुँवर 'महिनाको उत्कृष्ट प्रहरी' घोषित | बुटवलमा एक हजार १५७ परिवारलाई लालपुर्जा वितरण गरिँदै | प्रहरीको तल्लो तहका कर्मचारीको गुनासो सुन्न केन्द्रीय डेस्कको शुभारम्भ | गोरुसिङ्गे–चन्द्रौटा सडक खण्ड विस्तारको ठेक्का सम्झौता सम्पन्न | कात्तिकमा पाल्पा प्रहरीको विवरण: १५ मुद्दा दर्ता, सवारी दुर्घटनामा एकको मृत्यु | हुम्लाको विकास सपना साकार हुँदै : ३९ किलोमिटर सडक कालोपत्रे गर्न ठेक्का सम्झौता | प्रधानमन्त्री शाह र नवनियुक्त भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेट | प्रहरी युक्ति तालिम महाविद्यालयमा कारागार सुरक्षासम्बन्धी प्रशिक्षण सम्पन्न | पाँच अर्ब ८८ करोड हिनामिना प्रकरण : बराह सहकारीका मुख्य योजनाकार सीआईबीको फन्दामा | रुपन्देहीमा २१ लाख बढीको अवैध सामान र बोलेरो गाडी बरामद |

बाजुरामा चाडपर्वको चहलपहल, बजारमा सामाग्री किन्नेको भीड

Ujyalosandeshonline 12696+ समाचार ( )
८ अशोज २०८२, बुधवार

गोविन्द्र राज तिमिल्सेना 

बाजुरा ।  नेपालीहरुको महान चाड विजया दशमी तथा शुभदिपावली नजिकिए सँगै बाजुरामा चहलपहल बढेको छ । यहाँका नौं वटै स्थानीय तहका ग्रामीण वस्तीमा निकै चहलपहल छाएको हो । चाडपर्व नजिकिएकाले बाजुराको सदरमुकाम मार्तडीलगायतका बजारमा उपभोक्ताको भीडभाड बढेको हो । दसैं तिहारमा नयाँ कपडा, सुनचाँदी लगायतका सामाग्री किन्ने ग्राहकको घुइँचो लाग्ने गरेको छ ।

मार्तडी बजार बाजुराको सदरमुकामसंगै जिल्लाको प्रमुख व्यापारीक केन्द्र भएकाले पनि उपभोक्ताको भीडभाड बढ्ने गरेको छ । दसैं तिहारमा घर आउने मानिसको संख्यामा पनि वृद्धि भएकाले बजारमा चहलपहल बढ्दै गएको हो । माथिल्लो चारवटा पालिका त्यस्तै छिमेकी जिल्ला हुम्ला, मुगु, कालिकोटलगायत जिल्लाका नागरिक मार्तडी हुँदै जाने गरेका छन् ।

बिशेषतःदसैं तिहारमा सामान किन्ने उपभोक्ता त्यस्तै जिल्ला भित्रिने मानिसले मार्तडी बजारमा चहलपहल बढाएको छ ।चाडपर्वले चहलपहल बढेपछि व्यापार व्यवसाय पनि फस्टाएको छ । बाजुराका प्रमुख व्यापारीक केन्द्रमा व्यवसाय गरिरहेका व्यवसायीहरू सामाग्री बिक्रीबाट सन्तुष्ट देखिएका छन्। दिनुहुँ उनीहरुले राम्रो व्यापार व्यवसाय समेत गरिरहेका छन् । 

गत वर्षको भन्दा यो वर्ष पनि व्यापार, व्यवसाय करिब दश प्रतिशतले बढि चलिरहेको मार्तडीका कपडा व्यवसायी बडीमालिका एण्ड रविन्द्र फेन्सी स्टोरका प्रोपराईटर जयराज उपाध्यायले बताए । दशै, तिहार नजिकिँदै गर्दा चहलपहल बढ्न थालेपछि व्यापार,व्यवसाय राम्रो चलिरहेको व्यापारी उपाध्ययले बताएका छन् । 

व्यापार व्यवसाय राम्रो भए पनि सामाग्रीको मुल्य वृद्धिले सामाग्री खरिद विक्रीमा अलि असहजता थपिएको उनको भनाइ छ । चाडपर्व नजिकिँदै गर्दा बजारमा भीड बढिरहेकाले व्यापार,व्यवसायको कारोबारमा अझै सुधार आउने व्यवसायी उपाध्यायको अपेक्षा  छ ।उपभोक्ताहरुले यतिवेला आफूलाई मन पर्ने सामाग्रीको  मूल्य उच्च भए पनि किनेर लिने गरेका छन् ।  

सदरमुकाम मार्तडीमा मात्रै नभई बाम्का बजार,डाब बजार,बेतालमाण्डौ,गौमुल गाउँपालिकाको घट्मुना त्यस्तै पुर्वी उत्तरी भेगको कोल्टी,जगन्नाथको पिलिचौर,हिमालीको धुलाचौर लगायतका प्रमुख व्यापारीक केन्द्रमा चाडपर्व नजिकिए संगै चहलपहल बढेको हो । बाजुरामा दिनहुँ पाँच सय भन्दा बढी नागरिक जिल्ला भित्रिने गरेका छन्। रोजगार, अध्ययन र अन्य कामको सिलसिलामा बहिरिएका नागरिक चाडबाडका लागि गाउँ फर्किेन थालेपछि यहाँका गाउँबस्तीमा चहलपहल बढेको हो ।

दिनप्रतिदिन बाहिर बाट मानिसहरु जिल्लामा भित्रिने क्रम बढीरहेको हुँदा जिल्लामा निकै चहलपहल छाएको छ ।  केहि समय अघि सुनसान रहेका यहाँका गाउँबस्ती यतिवेला भरिएका छन्। गाउँघरमा चहलपहल बढेपनि बजारमा भने चहलपहल घट्ने भएको हो। व्यापार गरिरहेका व्यापारी चाडबाड मनाउँन घर जाने हुँदा बाजुराका प्रमुख व्यापारीक केन्द्र केही समय पछि सुनसान बन्ने भएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार