अर्धनग्न प्रदर्शन गर्ने १४ जना पक्राउ

Ujyalosandeshonline 12064+ समाचार ( )
१६ पौष २०८०, सोमबार

काठमाडौं मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीनिकट युवाले विभिन्न उच्च प्रशासनिक निकायमा अर्धनग्न भएर प्रदर्शन गरेका छन्

उनीहरुले ललितपुरस्थित पुल्चोकको मन्त्री निवास, प्रधानमन्त्री निवास बालुवाटार गेटमा, सिंहदरबारभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि, सर्वोच्च अदालतको मुल गेटमा, संसद भवनको दुई तीन नम्बर गेटअगाडि  अर्धनग्न प्रदर्शन गरेका हुन्

बालकुमारी घटना, एनसल सेयर प्रकरणलगायतका विभिन्न काण्डमा सरकारप्रति असन्तुष्टि पोख्दै विरोधमा प्रदर्शन गरेको क्रान्तिकारी युवा संगठनका केन्द्रीय अध्यक्ष हरिश भट्टले बताए

उनले भने, ‘हामी नांगिएर प्रदर्शन गर्नुमा सांकेतिक अर्थ सत्ता नांगिसकेको सन्देश दिन खोजेका हौं, मिलिभगत लुटतन्त्रको विरोधमा पहिलो चरणको पहिलो कार्यक्रम हो यो

यसअघि युवा संगठनले प्रधानमन्त्री कार्यालयमा पुस गते २० बुँदे ज्ञापन पत्र बुझाएको भट्टको भनाइ

उच्च प्रशासनिक केन्द्रभित्र प्रदर्शन गर्ने पूर्वयोजना अनुसार नै प्रदर्शन गरेको युवा संगठनले जनाएको बालुवाटारलगायत विभिन्न स्थानबाट प्रहरीले १४ जनालाई पक्राउ गरेको अध्यक्ष भट्टले बताएका छन्

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार