हिन्दु र बौद्ध धर्मावलम्बीको पवित्र धामिकस्थल मानसरोवर र छायाँनाथ धामबाट उत्पत्ति भएको हुम्ला कर्णाली र मुगु कर्णाली नदीको सङ्गमस्थल मुगु जिल्ला सोरु गाउँपालिका र हुम्ला जिल्ला ताजाकोट गाउँपालिकमा पर्ने दोमुख। मानसरोवर र छायाँनाथ पुग्न नसक्ने धर्मावलम्बीहरुका लागि यही सङ्गमस्थलमा पुगेर स्नान गरी आफ्नो मनोकांक्षा पूरा गर्ने गरेका छन् ।