मुख्य समाचार
सरकारले प्रदेशको अधिकार उच्च प्राथमिकतामा राखेको छः प्रधानमन्त्री | सरकार–लघुवित्त पीडितबीच पाँच बुँदे सहमति | बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह | वृद्धआश्रममा खाद्यान्न र फलफूल वितरण गरी राष्ट्रिय वैश्य महासंघको स्थापना दिवस मनाइयो | देशमा सद्भावको कामना गर्दै लुम्बिनीमा विशेष प्रार्थना | रास्वपा सभापति लामिछानेद्वारा धार्मिक क्षेत्रका अगुवासँग छलफल | भैरहवाबाट नक्कली भारतीय नोटसहित दुई जना पक्राउ | नहरमा डुबेर १० वर्षीय बालकको मृत्यु | ग्यास लिन लामबद्ध नागरिक | धनुषाको मन्दिर परिसरमा भेटिएको शव पुजारीको नभएको पुष्टि |
मुख्य समाचार
सरकारले प्रदेशको अधिकार उच्च प्राथमिकतामा राखेको छः प्रधानमन्त्री | सरकार–लघुवित्त पीडितबीच पाँच बुँदे सहमति | बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह | वृद्धआश्रममा खाद्यान्न र फलफूल वितरण गरी राष्ट्रिय वैश्य महासंघको स्थापना दिवस मनाइयो | देशमा सद्भावको कामना गर्दै लुम्बिनीमा विशेष प्रार्थना | रास्वपा सभापति लामिछानेद्वारा धार्मिक क्षेत्रका अगुवासँग छलफल | भैरहवाबाट नक्कली भारतीय नोटसहित दुई जना पक्राउ | नहरमा डुबेर १० वर्षीय बालकको मृत्यु | ग्यास लिन लामबद्ध नागरिक | धनुषाको मन्दिर परिसरमा भेटिएको शव पुजारीको नभएको पुष्टि |

सिद्धार्थनगरका मेयर खाँद्धारा पर्यटन मन्त्रीलाई पत्राचार
गौतमबुद्ध बिमानस्थल संचालनकालागी सार्थक प्रयास गर्न आग्रह

Ujyalosandeshonline 11864+ समाचार ( )
२७ चैत्र २०८१, बिहीबार

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख (मेयर) इश्तियाक अहमद खाँले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेलाई पत्राचार गर्दै भैरहवा स्थित गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल संचालनकालागी सार्थक एवं प्रभावकारी कदम चाल्न आग्रह गरेका छन । उद्घाटन भएको तिन बर्ष बितीसक्दा पनि बिमानस्थल संचालनमा आउन नसक्नु यस क्षेत्रकालागी दुःखद र पिडादायी रहेको उल्लेख गर्दै उनले सिघ्र अन्तराष्ट्रिय उडान नियमीत गराउन मन्त्री पाण्डेको ध्यानाकर्षण गराएका हुन ।
‘विमानस्थल निमार्णका लागि यहाँका नगरवासीले आफ्नो पुर्खौली थातथलो समेत छाडेर जग्गा दिएका थिए । समयमै निमार्ण सम्पन्न गर्नका लागि पनि यस क्षेत्रका वासिन्दाले गरेको सहजीकरण महत्वपूर्ण छ । उनले पत्रमा भनेका छन−तर, निमार्ण सम्पन्न पछि पनि नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा यहाँका नगरवासी, बुद्धिजीवी, उद्योगी–व्यापारी, पर्यटन लगायत सिंगो रुपन्देहीसहित लुम्बिनी प्रदेशसमेत प्रभावित भएको छ । निमार्ण र निर्माण सम्पन्न पछि निजी क्षेत्र र नागरिकस्तरमा देखिएको उत्साह क्रमः निरासामा वदलिँदै गएको छ ।’
नेपालका धेरै दुरगामी महत्वलाई हेरेर विमानस्थल भैरहवामा बनाउने निर्णय भएको उल्लेख गर्दै उनले   यो विमानस्थल लुम्बिनी प्रदेश र पश्चिम नेपालकै जनताहरुको बिकास र समृद्धिसँग जोडिएको बताएका छन । उनले बिमानस्थललाई मध्यनजर गर्दै अर्बौं रकम ऋण सहयोग लिएर तयार भएकोमा हाल यो विमानस्थललाई आवश्यक पर्ने भौतिक पूर्वाधारहरु, चार लेनका सडकहरु, तारे होटलहरुमा अर्बौ–खर्बौं रुपैयाँ निजी क्षेत्रले लगानी समेतलाई मध्यनजर गर्दै बिमानस्थल सचांलनको बिकल्प नरहेको समेत बताए । ‘नियमित अन्तर्राष्ट्रिय उडान हुन लागेको विमानस्थललाई अझै व्यवस्थित गरी पूर्ण क्षमतामा चलाएर यो क्षेत्रलाई चलायमान बनाउनु पर्नेमा सरकारले ८ महिना पहिला विमानस्थल सञ्चालन गर्नका लागि गरेका निर्णयहरु पनि कार्यान्वन नगर्दा झनै निरासा र चिन्ता थपिएको छ । उनले भने−अत्यावश्यक कार्यालय पनि नखोल्ने, विमान कम्पनीलाई दिने भनिएको छुट सुविधा पनि नदिने जस्ता काम सरकारबाट भएको भन्दै यहाँको सिंगो निजी क्षेत्र आक्रोसित छ । जुन स्वभाविक पनि हो ।’  
पछिल्लो समय केही महिना उडान गरेका विमान कम्पनीले समेत उडान रोक्दा विमानस्थल सुनसान भएको र  बिमानस्थल निमार्णका क्रममा गरिएको अर्वौ लगानीलाई समेत सुरक्षित गर्न तत्काल अन्तर्राष्ट्रिय उडानका तालिका बनाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन उनले आग्रह गरेका छन । निजी क्षेत्रले बिमानस्थल संचालनकालागी दिदै आएको दवाव स्वभाविक रहेको जनाउदै उनले यसलाई गभींरता पुर्वक लिएर बिमानस्थल संचालनकालागी सार्थक प्रयास नभएमा आफु एवं सिगों पालिकालेनै नेतृत्व गरेर दवाव सिर्जना गर्न बाध्य हुने अवस्था सिर्जना नगराउन समेत उनले सचेत गराएका छन । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार