मुख्य समाचार
समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने | ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध | विद्यार्थीलाई ट्राफिक व्यवस्थापन सिकाउँदै प्रहरी उपरीक्षक पाण्डे | श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो | अर्घाखाँचीमा १५ जनाले लिए ३९० घण्टे मन्टेश्वरी तालिम, स्वरोजगार बन्न सघाउ पुग्ने विश्वास | अर्घाखाँचीको आर्थिक अवस्था पहिचान गर्न आर्थिक गणना कार्यालय स्थापना | सोह्र औषधि पसल निलम्बनमा | सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन | सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल | वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी |

गहुँको उत्पादन बढाउन रुपन्देहीमा किसानलाई उन्नत खेती प्रविधिसम्बन्धी तालिम

Ujyalosandeshonline 10783+ समाचार ( )
५ फाल्गुन २०८२, मङ्गलबार

भैरहवा । रुपन्देहीको भैरहवामा किसानहरूलाई लक्षित गर्दै उन्नत गहुँखेती प्रविधिसम्बन्धी एक साता लामो तालिम सुरु भएको छ । राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको उक्त तालिममा विभिन्न जिल्लाका २५ जना किसानको सहभागिता रहेको छ । अनुसन्धान केन्द्रबाट विकास भएका गहुँका नयाँ तथा उन्नत जातहरू किसानको खेतबारीसम्म प्रभावकारी रूपमा नपुग्दा अपेक्षाअनुसार उत्पादन बढ्न नसकेको निष्कर्षसहित यो कार्यक्रम आयोजना गरिएको हो ।

तालिममा सहभागी किसानहरूलाई बदलिँदो जलवायु परिवर्तनको असर सहन सक्ने उन्नत गहुँका जातहरूबारे जानकारी दिइँदैछ । यसका साथै आफ्नो भौगोलिक क्षेत्र, माटोको अवस्था र उपलब्ध सिँचाइ सुविधाअनुसार कसरी उपयुक्त जात छनोट गर्ने भन्ने प्राविधिक ज्ञान पनि प्रदान गरिँदैछ । राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रम भैरहवाका संयोजक रोशन बस्नेतका अनुसार तालिममा सन्तुलित मलको प्रयोग, बालीमा लाग्ने रोग तथा किराको पहिचान र तिनको नियन्त्रणका वैज्ञानिक उपायहरूबारे विस्तृत रूपमा सिकाइनेछ ।

नेपालमा पछिल्लो ६ दशकको अवधिमा ५४ वटा उन्नत गहुँका जात विकास भइसकेका छन् । हाल थप चार वटा नयाँ जात सिफारिसको चरणमा रहेका छन् भने १३ वटा पुराना जातलाई सूचीबाट हटाइएको छ । तर, पर्याप्त प्रचार–प्रसार नहुँदा धेरै किसानहरू अझै पनि पुराना र कम उत्पादन दिने बीउमै निर्भर हुनुपरेको छ । विज्ञहरूका अनुसार पुराना जातको प्रयोगले उत्पादन घट्नुका साथै बालीमा रोग र किराको प्रकोपसमेत बढ्ने गरेको छ । नयाँ विकास गरिएका जातहरूले बढी उत्पादन दिने, रोग प्रतिरोधी क्षमता राख्ने र जलवायु अनुकूल हुने भएकाले यसतर्फ किसानलाई आकर्षित गर्नु तालिमको मुख्य उद्देश्य रहेको छ ।

तथ्यांकअनुसार हाल नेपालमा वार्षिक २१ लाख ४४ हजार ५ सय ६८ मेट्रिकटन गहुँ उत्पादन हुँदै आएको छ । यति हुँदाहुँदै पनि आन्तरिक माग पूरा गर्न नसक्दा वार्षिक करिब ४ लाख मेट्रिकटन गहुँ विदेशबाट आयात गर्नुपर्ने बाध्यता छ । विज्ञहरूले उन्नत बीउको पहुँच विस्तार, सिँचाइको उचित व्यवस्थापन र आधुनिक खेती प्रविधिको प्रभावकारी कार्यान्वयन गर्न सके नेपाल गहुँ उत्पादनमा आत्मनिर्भर बन्न सक्ने बताएका छन् । तालिम सम्पन्न भएपछि सहभागी किसानले आ–आफ्ना समुदायमा पुगेर आफूले सिकेका प्रविधि र ज्ञान विस्तार गर्ने अपेक्षा आयोजकले लिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार