मुख्य समाचार
भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने | खनिज पदार्थबाट राज्यलाई आर्थिक लाभ | पेन्ड्राइभसहित ५ लाख ३९ हजार बराबरको सामान बरामद | सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छः कृषिमन्त्री चौधरी | स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत | यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता |

भैसे–भीमफेदी सडकखण्ड तत्काल खुलाउन मन्त्री काफ्लेको निर्देशन

Ujyalosandeshonline 12543+ समाचार ( )
१२ अशोज २०८१, शनिबार

काठमाडौं । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले मकवानपुरको भैसे–भीमफेदी सडकखण्डमा पहिरोका कारण अवरुद्ध सडकको अनुगमन गरेका छन् । शनिबार मन्त्री काफ्ले मकवानपुरको विपद् व्यवस्थापन समितिको टोलीसहित हेटौंडाबाट काठमाडौं जाने अवरुद्ध भैसे–भीमफेदी सडकखण्डको पहिरोस्थल अनुगमन गरेका हुन् ।

बिहीबारदेखिको अविरल वर्षाका कारण हेटौंडाबाट काठमाडौं जाने कान्ति लोकपथ, राजधानी मार्ग (भीमफेदी कुलेखानी सिस्नेरी दक्षिणकाली काठमाडौं), कुलेखानी फाखेल काठमाडौं, कुलेखानी मातातीर्थ काठमाडौं र त्रिभुवन राजपथ पहिरोले अवरुद्ध भएको छ ।

अनुगमनका क्रममा मन्त्री काफ्लेले पहिरोका कारण सडक अवरुद्ध हुँदा काठमाडौंबाट कुलेखानी–भीमफेदी हुँदै हेटौँडातर्फ आउने र हेटौँडाबाट भीमफेदी हुँदै काठमाडौंतर्फ जाने सवारीसाधनहरु रोकिएकोले द्रुत गतिमा काम सम्पन्न गराई यात्रुलाई सहज बनाउन निर्देशन दिएका छन् ।

अनुगमनमा जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी तिर्थराज चिलुवाल, मकवानपुर प्रहरी प्रमुख सिताराम रिजाललगायत स्थानीय जनप्रतिनिधिहरुको उपस्तिथि रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार