मुख्य समाचार
परिवार तथा आफन्तलाई सम्पर्कमा आउन सिटी हस्पिटलको आग्रह | ‘कांग्रेसको राति प्रधानमन्त्री बन्दिनुहोस् भनेर दैलो चहार्ने, दिउँसो सदनमा उफ्रिने रुटिन छ’ | अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य बिमा गराउने तयारीमा सरकार | प्रहरी जवानको हत्या आरोपमा एक नावालकसहित सात जना पक्राउ | प्रथम उपाध्यक्ष कप वडा नम्बर १ लाई | संघीय संसद्का दुवै सदनको बैठक आज, कांग्रेसका अवरोध खुल्ला ? | विश्वकप तयारीमा रहेको नेपाली टिम भोलक्यानोजसँग पराजित | २९ वर्षीया युवतीले जब रोजिन इच्छामृत्यु ... | कानुनी शासनका लागि न्यायपालिका संवेदनशील : प्रधानन्यायाधीश श्रेष्ठ | राजनीतिमा युवा सहभागिता वढाउन दलहरु सुध्रिनुपर्छ : सुनिता डंगोल |
मुख्य समाचार
परिवार तथा आफन्तलाई सम्पर्कमा आउन सिटी हस्पिटलको आग्रह | ‘कांग्रेसको राति प्रधानमन्त्री बन्दिनुहोस् भनेर दैलो चहार्ने, दिउँसो सदनमा उफ्रिने रुटिन छ’ | अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य बिमा गराउने तयारीमा सरकार | प्रहरी जवानको हत्या आरोपमा एक नावालकसहित सात जना पक्राउ | प्रथम उपाध्यक्ष कप वडा नम्बर १ लाई | संघीय संसद्का दुवै सदनको बैठक आज, कांग्रेसका अवरोध खुल्ला ? | विश्वकप तयारीमा रहेको नेपाली टिम भोलक्यानोजसँग पराजित | २९ वर्षीया युवतीले जब रोजिन इच्छामृत्यु ... | कानुनी शासनका लागि न्यायपालिका संवेदनशील : प्रधानन्यायाधीश श्रेष्ठ | राजनीतिमा युवा सहभागिता वढाउन दलहरु सुध्रिनुपर्छ : सुनिता डंगोल |


रुपन्देहीमा शान्तीको सुरक्षाको अवश्था सामान्य, चोरी निकासी नियन्त्रणमा

Ujyalosandeshonline 2605+ समाचार ( )
१ मंगशिर २०८०, शुक्रबार

भैरहवा । नेपालीहरुको सबै भन्दा ठूलो पर्व दशैं र तिहार सकिएको छ । दशैं र तिहारलाई लक्षित गरि अपराधका घटनाहरु हुने गरे पनि यस बर्ष शान्ती सुरक्षाको अवश्था सामान्य रहेको रुपन्देही प्रहरीले जनाएको छ । 

जिल्लामा शान्ति सुरक्षा तथा अमनचयन कायम राख्न भरपर्दो सुरक्षा योजना बनाई प्रभावकारी ढंगबाट प्रहरी परिचालन गरिएकोले जघन्य प्रकृतिका घटना हुन नपाएको रुपन्देही प्रहरी प्रमुख एसपी भरत बहादुर विश्वकर्माले दावी गरे । रुपन्देहीमा  केही छिटफुट घटनाहरु मात्र भएको उनले बताए । 

जिल्लामा शान्ति सुरक्षाको पालना गर्नको लागी मोवाईल गस्ति, भिग्रस चेकिङ्, मापसे चेकिङ्, सडक सुरक्षा चेक, मोटरसाईकल गस्ति, पैदल गस्ती, सिबिल गस्ती परिचालन गरी सुरक्षा ब्यवस्था मिलाईएको उनले बताए । यस्तै अपराधिक कृयाकलाप हुने सम्भावित स्थान तथा बढि दुर्घटना हुने स्थानमा प्रहरी परिचालन गरि यसको न्यूनिकरणको प्रयास प्रहरीले गरेको थियो । 

प्रहरी उपरिक्षक भरत बहादुर विश्वकर्माकै सक्रियतामा रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर २ ढेकावर  र सियारी गाउँपालिका वडा नम्बर ४ छपिया बजारमा अस्थाई प्रहरी पोष्टको स्थापना गरीएको समेत गरिएको छ । यस्तै हिट एण्ड रन घटना तथा भिड नियन्त्रण प्रयोगको लागी १८ वटा ब्यारिकेट निर्माण गरिएको छ । यस अतिरिक्त जिल्लाका बिभिन्न स्थानहरुमा दैनिक चेकजांचको व्यबस्था मिलाईएको र फरार अपराधीहरु पक्राउ गर्न अभियान संचालन गरेको विश्वकर्माले बताए । 

रुपन्देहीमा आर्थिक बर्ष २०७९÷०८० मा २ सय ९८ जना फरार प्रतिवादी पक्राउ गरि १ सय ७६ बर्ष २८ महिना कैद असुल उपर गरिएको थियो । सोही अवधिमा ६१ लाख ६९ हजार ५ सय ३ रुपैया जरिवाना असुल गरिएको थियो । चालु आर्थिक बर्षमा अहिले सम्म १७ जना फरार प्रतिवादी पक्राउ परेका छन् । 

गत बर्षहरुको तुलनामा यस पटक रुपन्देहीमा अपराधका घटना खासै नभएको सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ बताउछन् ।“हाम्रा ब्यवसायीहरुबाट कुनै प्रकारको कम्पलेनको खबर आएन्, केही स्कुटी र मोटरसाईकल चोरीको खबर मात्र आएको छ ।” श्रेष्ठले भने “प्रहरी र ब्यवसायी बिच समन्वय राम्रो भएको छ ।”

चोरी निकासीको घटना रोकथाम गर्न भन्सार, नेपाल प्रहरी र शसस्त्र प्रहरीले एकिकृत रुपमा काम गर्नु पर्ने उनको सुझाव छ । “संगठित रुपमै नरहे पनि चोरी निकासी भई रहेको छ, यो प्रहरीको कार्यवाहीले पनि देखाउछ ।” उनले भने “यसको नियन्त्रणमा पनि तीनवटै निकायमा एकिकृत समन्वयकारी भूमिका हुनुप¥यो ।”

रुपन्देही प्रहरीमा विश्वकर्माले नेतृत्व गरे देखि नै सीमाबाट हुने चोरी निकासीमा नियन्त्रण भएको प्रहरीको दावी छ । “जिल्लामा संगठित रुपमा तस्करी हुदै आएको थियो, विश्वकर्माले सुरुमै यस माथि प्रहार गर्नुभयो ।” एक प्रहरी अधिकृतले भने   “तस्करीका समान मात्र नभई उहाले तस्करलाई नै कार्यवाही गर्न थाले पछि अहिले संगठित तस्करी निर्मूल भएको छ ।” 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले उपलब्ध गराएको तथ्यांक अनुसार आर्थिक बर्ष २०७९÷०८० मा ६ करोड ४५ लाख ९ हजार २९ रुपैया मूल्य बराबरको सामाग्री बरामद भएको थियो । यस्तै चालु आर्थिक बर्षको ४ महिनामै २ करोड ८० लाख ५३ हजारको समान प्रहरीले बरामद गरेको छ । यसै अवधिमा ३२ जना तस्करलाई प्रहरीले नियन्त्रणमा लिई कार्यवाही पनि गरेको छ । यसै अवधिमा १ वटा ट्रक, ७ वटा पिकअप, ४७ वटा मोटरसाईकल, २ वटा अटो पनि नियन्त्रणमा लिई कार्यवाही गरिएको छ । यस्तै चालु आर्थिक बर्षमै ४१ लाख ७४ लाख रुपैया बढीको अवैध कुखुरा र चल्ला र १० लाख बढीको अवैध माछा नष्ट गरिएको प्रहरी तथ्यांकले देखाएको छ । 

यस बाहेक बिभिन्न लुटको घटनामा संलग्न “लेडी डन” को नामले कुख्यात भारत गोरखपुरकी गीता तिवारीलाई पनि विश्वकर्माकै नेतृत्वमा पक्राउ गरिएको थियो ।  मधेश पिपुल्स पार्टीको नामबाट फोन मार्फत फिरौती रकम माग गरी धम्की दिएको घटनामा संलग्न ३ जना मानिसहरुलाई पक्राउ गर्न प्रहरी सफल भएको थियो ।

“प्रहरीको काम समाजमा शान्ती सुरक्षाको प्रत्याभूति दिलाउने हो, अपराध भई हाले त्यसको सफल अनुसन्धान गर्ने हो ।” एसपी बिश्वकर्माले भने “त्यो त नियमित कामको रुपमा रहेकै छ, सीमाबाट हुने बिभिन्न अवैध कारोबार पनि हुन दिन्न ।”


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार