मुख्य समाचार
नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न | सांसदको स्वीकय कर्मचारी नियुक्ति सम्बन्धमा संसद् सचिवालयको सहजीकरण | पुराना सबै स्मार्ट लाइसेन्स छपाइ सम्पन्न, नयाँ २४ घण्टाभित्रै | श्रीमानको कुटाइः श्रीमतीको मृत्यु |

‘नेताहरुले श्रम गर्न छोडे, चन्दाको पछि दौडे’ : विप्लव

Ujyalosandeshonline 11766+ समाचार ( )
२ असार २०८१, शनिबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले कम्युनिष्ट पार्टीहरुको उदय श्रमिककै बलमा आएको भएपनि नेतृत्व तहमा पुगेका नेताहरुले श्रम गर्न छोडेको टिप्पणी गरेका छन् ।

शनिबार ‘कृषिमा लगानी र एकीकृत स्वामित्व प्रणाली’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै महासचिव चन्दले नेतृत्व तहमा पुगेपछि श्रम गर्न छोडेर नेताहरु चन्दाकै पछि दौडेको आरोप लगाए ।

उनले भने, ‘कम्युनिष्ट पार्टीको उदय अथवा समाजवाद श्रमिककै बलमा आयो । तर मालिक भएपछि नेतृत्वले श्रमिक बन्न छोडेको देख्यौं । मालिक मात्र बन्ने चेतनाले शोषण मात्रै गर्यो । कम्युनिष्ट पार्टीमा नेता बन्दै गएपछि श्रम नगर्ने देखिँदै आएको छ । मास्टर डिग्री गरेको छ तर, १० हजार रुपैयाँका लागि चन्दा माग्दै धाउने गरेका छन् । यो एउटा परम्परा बन्दै गएको देखिएको छ ।’

कम्युनिष्ट नेताहरुमा आफ्नो क्षमाता प्रदर्शन गरेर अर्थ निर्माणमा ध्यान नदिने प्रवृति हावी हुँदै गएको उनको भनाइ छ ।

कम्युनिष्ट पार्टीलाई श्रमिकहरुको पार्टीमा बदल्नुपर्छ भनेर अभियान चलाएर आफू अघि बढेको चन्दले उल्लेख गरे ।

‘कम्युनिष्ट पार्टीलाई श्रमिकहरुको पार्टी बनाउनुपर्दछ । जसले जेजति योग्यता हासिल गरेको भएपनि आ–आफ्नो ठाउँमा श्रम गर्नु आवश्यक छ । श्रम नगर्ने हो भने त्यसले परनिर्भता ल्याउँदो रैछ भन्ने अनुभूति भएको छ । विज्ञ भएपनि आफ्नो क्षेत्रमा गरेपनि सबैले श्रम गर्ने कुरा संगठनमा लागु गर्नुपर्दछ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार