मुख्य समाचार
रुपन्देहीमा तस्करीविरुद्ध सशस्त्र प्रहरीको कडाइ, १० लाख बढीका सामान नियन्त्रणमा | भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव, सुत्केरी सेवा ‘म्याट्रेस’ मा | बजेट कार्यान्वयनमा लुम्बिनी सरकारको ५२ बुँदे मार्गदर्शन जारी, असारमा गोष्ठी–सेमिनार गर्न रोक | शिवालयमा दर्शनार्थीको घुइँचो | बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द | सिद्धार्थ राजमार्ग किनारमा लायन्स क्लब अफ भैरहवा लिगेसीको वृक्षारोपण | दाङका अस्पतालमा सर्पदंशको उपचारमा प्रयोग गरिने औषधिको अभाव | दुई वर्ष माथिका ६६ मुद्दा फैसला हुन बाँकी | खुवा घोट्दै व्यवसायी | एक वर्षमा विदेशमा ज्यान गुमाएका १३ जनाको शव नेपाल ल्याइयो |

उद्योगहरु चलायमान र नाफामुलक बनाउन कार्ययोजना बनाइने

Ujyalosandeshonline 11901+ समाचार ( )
८ चैत्र २०८०, बिहीबार

काठमाडौं । देशमा सञ्चालित उद्योगहरुलाई नाफामुलक बनाउन उद्योग समितिले कार्ययोजना बनाउने भएको छ ।

बिहीबार सिंहदरबारमा बसेको समितिको बैठमा समिति सभापति अब्दुल खानले उद्योगहरुलाई चलायमान बनाई नाफामुलक बनाउन कार्ययोजना बनाउन आवश्यक रहेको र सो प्रक्रिया अगाडि बढाउने बताए ।

त्यस्तै, समितिको बैठकमा अद्योगमन्त्री दामोदर भण्डारीले नेपाली उद्योगको वर्तमान अवस्था एकदमै निराशा जनक रहेको बताएका छन् ।

समितिको बैठकमा सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिनेक्रममा मन्त्री भण्डारीले नेपालका उद्योगहरु साधारण सभा गर्नसक्ने स्थितिमा समेत नरहेको उल्लेख गर्दै यसको सुधार नै सरकारको प्राथमिकतामा रहेको उल्लेख गरे ।

उनले भने, ‘नेपालको उद्योग क्षेत्रको वर्तमान अवस्था एकदमै निरनशा जनक रहेको छ । कुनै कुनै उद्योगहरु साधारण सभा पनि गर्न नसक्ने स्थितिमा छन् । यसको सुधार नै सरकारको प्राथमिकता हो । उद्योग क्षेत्रलाई चलायमान बनाउने कुरामा समितिले गरेको निर्देशनको कार्यान्वयन गर्न मन्त्रालयमा छलफल गरेर निर्णय गर्छौं ।’

नेपालको वर्तमान उद्योगको स्थिति र चलायमान बनाउनुपर्ने माग गर्दै समितिमा बोलाइएका मन्त्री भण्डारीलाई सांसदहरुले सुझाव र प्रश्न सोधेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार