मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

रामेछाप नगरपालिका बन्यो बालमैत्री शासन सञ्चालन भएको स्थानीय तह

Ujyalosandeshonline 12612+ समाचार ( )
२२ भाद्र २०८२, आइतबार

रामेछाप । रामेछापको रामेछाप नगरपालिका शनिबारबाट बालमैत्री शासन सञ्चालन भएको नगरपालिका बनेको छ । रामेछापको टुँडिखेलमा आयोजित कार्यक्रममा वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले रामेछाप नगरलाई बालमैत्री शासन सञ्चालन भएको नगर घोषणा गरे । नगरपालिका प्रमुख लबश्री न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा बानियाँले रामेछापलाई बालमैत्री नगर घोषणा गर्दै यसलाई कायम राख्न आग्रह गरे ।

कार्यक्रममा नगरप्रमुख न्यौपानेले रामेछाप नगरमा ७ हजार ८८ घरधुरी रहेका र त्यसमा ३६ हजार ६ सय २१ जनसङ्ख्या रहेको जानकारी दिए । १८ वर्ष मुनिका १० हजार २ सय ४१ जना बालबालिका रहेका उनले बताए ।  

उनका अनुसार समुदाय स्तरमा ८३ वटा र विद्यायस्तरमा ३० गरी कुल १ सय १३ वटा बाल समूह सञ्जाल बनेका छन् । त्यस्तै वडा र नगरस्तरमा समेत बाल सञ्जाल बनेका छन् । जसमा २ हजार ४२ जना बालबालिका आबद्ध  छन् ।

रामेछाप नगरपालिका वाग्मती प्रदेशमा बालमैत्री स्थानीय शासन युक्त स्थानीय तहको १२ औँ नम्बरमा परेको छ । यस अघि ११ वटा स्थानीय तह बालमैत्री शासन सञ्चालन भएका स्थानीय तह घोषणा भइसकेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार