मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

कृषिप्रधान देश कुर्सीप्रधान भयो : सांसद सिंह

Ujyalosandeshonline 12547+ समाचार ( )
१० श्रावण २०८२, शुक्रबार

काठमाडौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले शुक्रबार प्रतिनिधिसभाको बैठकमा देशको वर्तमान संकटप्रति कडा आलोचना गर्दै सरकारको व्यवस्थापकीय कमजोरीप्रति प्रश्न उठाएका छन् । उनले यो देश कृषिप्रधान हुँदाहुँदै कुर्सीप्रधान देश भएको  भन्दै  सरकारको  कडा आलोचना गरेका हुन् ।  

उनले भने, ‘यो देश कृषिप्रधान हुँदाहुँदै कुर्सीप्रधान देश भयो कुर्सीकै लागि यत्रो हानथाप हुँदा जलस्रोतको धनी देश आज सुख्खाको चपेटामा परेको छ ।’ सिंहका अनुसार तराई–मधेस क्षेत्र सुख्खाग्रस्त भइरहँदा त्यही क्षेत्रमा अवस्थित चन्द्र नहर (मधेस) र बम नहर (रौतहट–बारा) जस्ता ठूला सिँचाइ आयोजनामा पानी नहुँनु सरकारको लापरबाही र व्यवस्थापनको असफलताको प्रमाण भएको बताए ।

‘किन सुख्खा परेको छ भनेर हेर्दा, चन्द्र नहर, बम नहर छन्, तर पानी छैन’, सिंहले भने, ‘यो सबै व्यवस्थापकिय कमजोरी हो। सरकार आफैँले प्रकृतिले दिएको स्रोत बिगारेको छ ।’ उनले प्रधानमन्त्रीको सुख्खा क्षेत्रको भ्रमणलाई प्रचारमुखी भन्दै आलोचना गरे । ‘प्रधानमन्त्री सुख्खा क्षेत्रतिर जानुभएको छ, तर अहिले जनतालाई भ्रम होइन, राहत चाहिएको हो’, सिंहले भने ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार