मुख्य समाचार
दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ |

धनुषाधाम नगरपालिकामा पुन:बर्थिङ सेन्टर तथा निःशुल्क एम्बुलेन्स सेवा संचालन

Ujyalosandeshonline 12441+ समाचार ( )
१४ फाल्गुन २०८१, बुधवार

जनकपुर । धनुषाधाम नगरपालिकाले पुन:बर्थिङ सेन्टर सञ्चालन तथा निःशुल्क एम्बुलेन्स सेवाको सुरुआत गरेको छ । प्राथमिक स्वास्थ्य केन्द्र धनुषाधाममा आयोजित एक कार्यक्रममा नगरपालिकाले सुत्केरी महिलाहरूका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्नुका साथै बर्थिङ सेन्टरको पुनः सञ्चालनको घोषणा गरेको छ । नगर भित्रका गर्भवती महिलालाई सहजता प्रदान गर्ने लक्ष्यसहित उक्त सेवा सञ्चानमा ल्याइएको प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख अरुण मण्डलले जानकारी दिए ।

त्यस्तै, धनुषाधाम नगरपालिकाका नगर प्रमुख बालेश्वर मन्डलले नागरिकहरूको स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकता दिएको बताउँदै आगामी दिनमा थप स्वास्थ्य सुविधाहरू विस्तार गर्ने योजना रहेको जानकारी दिए । उनले विशेष गरी मातृ तथा शिशु स्वास्थ्यलाई सुरक्षित बनाउनका लागि निःशुल्क एम्बुलेन्स सेवा प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

स्वास्थ्य क्षेत्रको पूर्वाधार विकास र सेवाको सुलभ पहुँच अभिवृद्धि गर्न धनुषाधाम नगरपालिकाले विभिन्न योजनाहरू अघि बढाइरहेको छ ।

कार्यक्रममा धनुषाधाम नगरपालिकाका उपमेयर विद्या देवी भुजेल, प्रमुख प्रशासकीय अधिकृत सञ्जित प्रसाद दास, वडा अध्यक्ष जयनारायण यादव, मनोज कुमार यादव, हेमनारायण यादव, कपिल बस्नेत, सुनिल कापर, स्वास्थ्य शाखा प्रमुख हरिनारायण महतो, महिला स्वयंसेविका तथा पालिका सदस्यहरूको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार