मुख्य समाचार
प्रहरीबाट अवकाशपछि कृषि पेसामा रमाइरहेका विष्ट | खप्तडको त्रिवेणी क्षेत्र | तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर | भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा | रसुवा बाढीपीडितलाई कोटहीमाई गाउँपालिकाको ३५ लाख सहयोग | रोहिणीबाट रु. २६ लाखभन्दा बढीको अवैध मोटर पार्टस र गाडीसहित चालक पक्राउ | डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु छ लाख ७५ हजार सहयोग | पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन |

‘एक दिन माओवादी एक भएरै छाड्छ’

Ujyalosandeshonline 12213+ समाचार ( )
१७ चैत्र २०८०, शनिबार

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सबै माओवादीहरु एक भएरै छाड्ने दाबी गरेका छन् ।

शनिबार ‘२४ औं जेलब्रेक स्मृति दिवस’मा आयोजित कार्यक्रममा बोल्दै उनले देशलाई कुनै पनि हालतमा गलत तत्वहरुको हातमा सुम्पिन नसक्ने भन्दै रिस र आलोचना गरे पनि एक दिन माओवादी एक भएरै छाड्ने दाबी गरेका हुन् ।

उनले भने, ‘हाम्रो देशलाई कुनै पनि हालतमा गलत तत्वहरुको हातमा सुम्पिन सकिँदैन । अहिले समाजवादी मोर्चा पनि बनेको छ । हाम्रै पहलमा हाम्रो राम्रो छलफल पनि चलेको छ । माओवादी त छँदै छ । माओवादी त एक हुन्छ । एक दिन माओवादी एक भइछाड्छ, यो कसैले रिस गरे पनि आलोचना गरे पनि यो एक हुन्छ, बनाइन्छ ।’

उनले हिजो जेल तोड्नेहरुले आज साम्राज्यवादी र दलालीहरुको खेल तोड्न आवश्यक रहेको बताए । नेपालको इतिहासले माओवादहरुलाई एक ठाउँमा ल्याएको भन्दै नयाँ तरिकाले समीक्षा गरेर अगाडि बढ्ने उनको भनाइ छ ।

उनले भने, ‘हिजो जेल तोडियो आज खेल तोड्नुपर्ने छ । साम्राज्यवादी र दलालीहरुको खेल तोड्नु छ । हिजो सामन्तवाद र दलालको जेल तोडियो आज यिनीहरुले भयङ्कर गर्दै छन् । नेपालको इतिहासले हामीलाई एक ठाउँमा ल्याइसकेको छ । जनताले हामीलाई हेरेका छन् । अब हामीले नयाँ तरीकाले समिक्षा गर्ने बेला आएको छ । जिम्मेवारी लिने बेला आएको छ ।’

महासचिव विप्लवले एमाले र कांग्रेसभित्र पनि माओवादी धारका नेताहरु रहेको भन्दै माओवादी एक्लै नभएको दाबी गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार